अर्थतन्त्र

किसानहरूको दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, १४ फागुन। दूग्ध विकास संस्थानले दूध खरिद गरेवापत् किसानहरूलाई दिनुपर्ने भुक्तानी तुरून्त दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिनुभएको छ। सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल र नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई बोलाएर दूग्ध किसानहरूको दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीले निर्देशन दिनुभएको हो। सो क्रममा प्रधानमन्त्रीले निजी क्षेत्रबाट किसानहरूले पाउनुपर्ने भुक्तानी तुरून्त असुली गर्न र भुक्तानी नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, ''किसानहरूले महिनौंसम्म दूधको भुक्तानी… पुरा पढौ

आगामी आवको नीति तथा कार्यक्रम एवं बजेटमा मधेसलाई विशेष व्यवस्था हुन्छ : प्रधानमन्त्री

धनुषा, १२ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा मधेसलाई विशेष व्यवस्था गरिने बताउनुभएको छ । धनुषाको सबैला नगरपालिका वडा नं ४ पटेर्वाघाट र सिरहाको कल्याणपुर नगरपालिको वडा नं ५ चिकना जोड्ने पक्की पुलको आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले अबको नीति तथा कार्यक्रम एवं बजेटमा विशेष व्यवस्था गर्ने विश्वास दिलाउनुभएको हो । आफूले सरकारको नेतृत्व गरेपछि नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने विषयलाई गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तराईमा सिंचाइ, मलबिउको व्यवस्था गर्ने र… पुरा पढौ

प्रधानमन्त्री प्रचण्डद्वारा पुल शिलान्यास

धनुषा, १२ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनुषा र सिरहा जोड्ने पक्की पुलको शिलान्यास गर्नुभएको छ । धनुषाको सबैला नगरपालिका वडा नं ४ र सिरहाको कल्याणपुर नगरपालिको वडा नं ५ जोड्ने पक्की पुलको आज शिलान्यास गर्नुभएको हो । एक अर्ब ११ करोडभन्दा बढी लगानीमा निर्माण हुने यस पुलको लम्बाइ ६०० मिटर छ । डबल लेनको यस पुल निर्माणपछि दुई जिल्लाका जनतालाई आवतजावतमा सहयोग पुग्नेछ । पुरा पढौ

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री

धनुषा, १२ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर लागिपर्ने बताउनुभएको छ । उहाँले मधेसको विकास नभइकन देशको विकास नहुने उल्लेख गर्नुभयो । सिराहा नगरपालिका वडा नं १३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका वडा नं ६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मधेसको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । तराईमा सिँचाइ विस्तार गरी र उत्पादकत्व बृद्धि गर्न सरकारले सहयोग गर्ने विश्वास दिलाउँदै प्रधानमन्त्रीले यसपटक आफूले संघीयता कार्यान्वयनलाई विशेष ध्यान… पुरा पढौ

प्रधानमन्त्रीद्वारा कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन

धनुषा, १२ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको आज उद्घाटन गर्नुभएको छ । सिराहा नगरपालिका वडा नं १३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका वडा नं ६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको प्रधानमन्त्रीले उद्घाटन गर्नुभएको हो ।करिब रु २५ करोड ८० लाख र कार्यालयबाट उपलब्ध गराइएको रु तीन करोड ५ लाख बराबरको लठ्ठा र बुल्डग ग्रिप्सको लागतमा सम्पन्न भएको सो झोलुङ्गे पूलको भारवहन क्षमता ५४० मेट्रिक टन (करिब ३८८६ पदयात्री) रहेको छ ।… पुरा पढौ

तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री

फागुन १२, काठमाडौं। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताउनुभएको छ। शनिबार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, ''बजेटमा कनिका छर्ने तरिकाले विकास र समृद्धि हासिल गर्न सकिँदैन। अलि रणनीतिक महत्वका योजना मात्र सङ्घमा राख्छौं। तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहले नै गर्छन्। बजेटको क्षेत्र… पुरा पढौ

लघुवित्त पीडितको बालुवाटार लक्षित आन्दोलन जारी

काठमाडौ / काठमाडौंमा जम्मा भएका लघुवित्त पीडितहरुले आज पनि बालुवाटार लक्षित आन्दोलन गर्ने भएका छन् । मित्र पार्कको चौरमा बसेका लघुवित्त पीडितहरुले दिउँसो एक बजे बालुवाटार क्षेत्रमा प्रदर्शन गर्ने वित्तिय शोषणविरुद्धको संघर्ष समितिले जनाएको छ । यसै हप्ता काठमाडौं आइपुगेका लघुवित्त पीडितहरु चिसोका कारण अधिकांश बिरामी परेका छन । लघुवित्त पीडितहरुले ऋण मिनाह, लघुवित्त संस्था खारेजीलगायत केही राजनीतिक मागसमेत लिएर प्रदर्शन गरिरहेका छन् ।सरकारले केही महिना अघि लघु बित्त पीडित संग बसेर छलफल गरि माग पुरा गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन… पुरा पढौ

अनन्तश्री ब्रम्हाण्डीय महायज्ञ र ५५५५ केजीको मुक्तिनाथ महाघण्टा राष्ट्रपति रामचन्द्र पाैडेलद्वारा उद्घाटन

गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र  बागलुङ पञ्चकोटमा हुने अनन्तश्री ब्रम्हाण्डीय महायज्ञकाे दाेस्राे  दिन नेपालका महामहिम राष्ट्रपति रामचन्द्र पाैडेलले एक भब्य समारोह बिच पन्चकाेटधाममा उद्घाटन गरे ।  गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्रकाे रूपमा रहेको बागलुङ नगरपालिका वडा नम्बर ६ मा अवस्थित श्री सर्वसिद्विधाम पन्चकाेटमा अनन्त श्री ब्राह्मण्डीय महायज्ञकाे दाेस्राे दिन राष्ट्रपति रामचन्द्र पाैडेलले एक भब्य समारोह बिच उद्घाटन गरे । अनन्त श्री ब्राह्मण्डीय महायज्ञमा २१ हजार ५ सय ५५ क्विन्टल धान संकलन गर्ने लक्ष्य साथ शुरूवात भएको महायज्ञ सर्वसिद्विधाम… पुरा पढौ

आठ खर्ब बराबरको सरकारी जग्गा फिर्ता ल्याइएको छः प्रधानमन्त्री

फागुन ९, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सरकारले ललिता निवास प्रकरणका दोषीहरूलाई गिरफ्तार गरी अनुसन्धानको प्रक्रिया पूरा गरी फाइल अदालतमा पेश गरेका कारण आठ खर्ब बराबरको सरकारी जग्गा फिर्ता आएको बताउनुभएको छ। बुधबार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको केन्द्रीय प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो। भेटमा प्रधानमन्त्रीले सरकारले गरेका राम्रा कामका लागि धन्यवाद दिन र अझ राम्रो गर्न प्रोत्साहित गर्नसमेत राप्रपाका नेताहरूसँग आग्रह गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, “नेपाली जनताले सङ्घर्ष गरेर ल्याएको संविधानले सबै नागरिक र… पुरा पढौ

लघुवित्त पीडितहरूका प्रतिनिधि बोलाएर प्रधानमन्त्रीद्वारा छलफल

फागुन ९, काठमाडौँ। लघुवित्त पीडितहरूका प्रतिनिधिहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सिंहदरबार बोलाएर छलफल गर्नुभएको छ। लघुवित्त क्षेत्रमा देखापरेका समस्या सम्बोधनको क्रममा प्रधानमन्त्री आफैले उनीहरूका प्रतिनिधि सिंहदरबार बोलाएर छलफल गर्नुभएको हो। छलफलमा पीडित पक्षका प्रतिनिधिहरूले लघुवित्तका समस्या सम्बोधनका लागि सरकारको तर्फबाट भइरहेको पहलका निम्ति धन्यवाद दिँदै छिटो समस्या समाधानका निम्ति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। छलफलमा प्रधानमन्त्रीले लघुवित्त क्षेत्रले विगतमा ग्रामीण तथा बिपन्न वर्गका नागरिकका लागि कर्जा प्रवाह र व्यवसाय सञ्चालनमा सहयोग गरेको भए पनि पछिल्लोसमय यो क्षेत्र संकटग्रस्त हुँदै गएको बताउँदै… पुरा पढौ