पर्यटन

श्रीमुक्तिनारायण मंन्दिरमा भगवानलाई ८४ व्यञ्जन भाेग

बागलुङ ।श्रीरंगवेंकटेश मुक्तिनारायण मन्दिर संचालक समितिको साधारणसभा एवम् भगवान को अन्नकूट उत्सव एवं गोवर्धन पिठ श्रीगोदारंगमन्नार भगवान वृन्दावन को विशेष अन्नकूट प्रसाद ग्रहण कार्यक्रम राखेको छ । श्रीशालग्राम क्षेत्र कुडुले फेदी बागलुङमा कार्तिक २८ गते ३ बजे कार्यक्रम राखिएको शालग्राम संग्राहलयका प्रमुख ऋषि स्वामी प्रपन्नाचार्यले बताए । कुँडुले फेदी श्रीमुक्तिनारायण मंन्दिरमा भव्य रूपमा भगवानलाई ८४ व्यञ्जन भाेग लगाउनेअन्नकुट कार्यक्रम रहेकाेले सम्पूर्ण भक्तजनहरूलाइ आमन्त्रण गरेको प्रमुख प्रपन्नाचार्यले बताए । पुरा पढौ

नेपाली फिल्म अग्नीदहन काे ट्रेलर सार्वजनिक

काठमाडौं । आगामी मसिर ७ गते रिलिज हुने फिल्म ‘अग्नीदहन’ को ट्रेलर सार्वजनिक भएको छ । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’मा आधारित रहेर तयार पारिएको फिल्म ‘अग्नीदहन’को ट्रेलर बिहीबार सार्वजनिक गरिएको हो । दुई मिनेट ३६ सेकेण्डको ट्रेलरमा नाँच्दै गरेकी एक महिला अचानक लडेर काम्न थालेपछि उनलाई बोक्सी लागेको भन्दै दिइएको अनेक मानसिक यातनालाई समेटिएको छ ।  समाजसेवीको भुमिका निभाएका पुरुष प्रकास घिमिरेले ‘बोक्सी अन्धविश्वास हो’ भनिरहँदा समाजले धामीझाक्री लगाउन भन्दै उनलाई दिइएको अनेक यातनलाई ट्रेलरमा स्थान दिइएको… पुरा पढौ

बागलुङमा ९ वर्षपछि देखाइयो हनुमान नाँच

बागलुङ ।कार्तिक २० बागलुङ सदरमुकाममा ३ सय बर्ष देखि बसाेबास गर्दै आएका नेवार समुदायले ऐतिहासिक धार्मिक सांस्कृतिक रूपमा महत्त्व बाेकेकाे प्रसिद्ध हनुमान नाँच ९ बर्षपछि प्रदर्शन गरेको छ ।३/३बर्षकाे अन्तरालमा देखाइने परम्परा भएपनि काेराेना भाइरस काेभिड १९ लगायतका कारण यो नाँच ढिलाे शुरू गरिएको छ । भक्तपुरबाट १७६८ मा बागलुङ आएसँगै नेवार समुदायले हनुमान नाँचको संरक्षण गर्दै आएका छन् ।बिजाेर बर्षमा प्रदर्शन गरिने ऐतिहासिक धार्मिक सांस्कृतिक महत्त्व बाेकेकाे हनुमान नाँच काेराेना भाइरस काेभिड १९ का कारण बागलुङ बजारमा ९ वर्षपछि… पुरा पढौ

नेपाल संवत् ११४५ सांस्कृतिक झाकी सहित मनाइयो नेवार समुदाय लाई संस्कृति जाेगाउन हम्मेहम्मे

बागलुङ कार्तिक १७ नेपाल संवत् ११४५  बागलुङ सदरमुकाममा रहेका नेवार समुदायले विभिन्न झाकी सहित धुमधामका साथ मनाउदै गर्दा बागलुङमा रहेका नेवार समुदाय बिस्ताफित हुदै राजधानी लगायतका ठाउँमा गएपछि बागलुङमा रहेका नेवार समुदायलाई संस्कृति जाेगाउन हम्मेहम्मे परेको छ । नेपालीहरूकाे माैलीक संवत् नेपाल  संवत् ११४५ (न्हूदँ)को उपलक्ष्यमा सांस्कृतिक झाकी  सहित बागलुङ सदरमुकाममा नेपाल संवत् कार्यक्रम मनाइयो ।बागलुङ सदरमुकाममा रहेका नेवार समुदायका ब्यक्तिहरू काठमाडौ, पाेखरा,लगायतका ठाउँमा बसाइँसराइ गरेर गएपछि जिल्लामा संस्कृति जाेगाउन हम्मेहम्मे परेको छ । जिल्लामा रहेका नेवार समुदाय बिस्तापित हुदै गएको कारणले नेवारी संस्कृति जाेगाउन हम्मेहम्मे परिरहेको भएपनि इच्छाशक्ति हुने हाे भने त्यसलाई… पुरा पढौ

नेपाल संवतले राष्ट्रिय स्वाभीमान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्छः प्रचण्ड

भक्तपुर, १५ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतले नेपालको राष्ट्रिय भावना, स्वाभीमान, स्वाधीनता, आत्मसम्मान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्ने भएकाले यसलाई राष्ट्रिय मान्यता प्रदान गरिएको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र मध्यपुर थिमी नगर समिति भक्तपुरले नयाँ वर्ष नेपाल संवत् ११४५ को अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल संवत् नेवारी समुदायको भावनासँग जोडिएको भए पनि यो नेपाल राष्ट्रकै मौलिक संस्कृतिको महत्वपूर्ण हिस्सा भएको बताउनुभयो । ‘नेपाल संवतले राष्ट्रिय संवतको मान्यता प्राप्त गर्नुपर्छ भनेर… पुरा पढौ

रिता केसीकाे अल्झियाे बाबा पछ्याैरी मेराे बजारमा

केपि कुमार जलन जब चाडपर्व आउछ अनि एउटा चेलीलाई त्यही माईती घरकाे आगनी कति प्याराे हुन्छ भन्ने एक सन्देश मुलकगीत गायिका रिता केसी र नृप ध्वज खड्काकाे बजारमा सार्वजानीक भएकाे छ । जब पराई घर गएकी नारीलाइ माईतिकाे आगनी त्यही माथि बाबा आमाकाे माया माईतिघरकाे चिनाे चाेली फरिया, नजिकिदै गरेकाे तिहार अनि दाइ आउने बेग्र प्रतिक्षामा बसेकी बहिनीले उनेका माला यसै सुकि जाने हाे कि भन्ने चिन्ता एउटा नारीले अाफ्नाे माईति घरप्रति दर्शाएकाे अगाध मायालाई व्याक्त गरिएकाे छ। मनाेहर सुनामकाे… पुरा पढौ

म्यूजिकल फिल्म रमाइलो तिहार निर्माण

काठमाडौं / नेपालीहरूको महान् चाड तिहारको अवसरमा, परदेशमा रहेका दाजु-भाइ र दिदी-बहिनीको भावनात्मक कथा समेटेर म्यूजिकल फिल्म रमाइलो तिहार निर्माण गरिएको छ।  यस फिल्मले विशेष रूपमा विदेशमा रहेका नेपालीहरूको संस्कृतिक, पारिवारिक सम्बन्ध, र चाडपर्वमा घरको सम्झना झल्काउँछ। लामो समयदेखि विदेशमा रहेका भाइको निधारमा सप्तरङ्गी टिका र मखमली माला लगाइ दिर्घायुको कामना गर्न नेपालबाट अमेरिका पुगेकी दिदीको यात्रा र भाइसँगको आत्मीयता यसमा देखाइएको छ। भाइले आफ्नो पोडकास्टमा दिदीलाई अतिथि बनाउँदा, उनले गरेको एउटा गम्भीर प्रश्नले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको… पुरा पढौ

फेस अफ क्लासिक डाइमन्ड’ले पाँचौँ सिजन आयोजना गर्ने

काठमाडौं । नेपालको चर्चित हीरा ब्रान्ड क्लासिक डाइमन्डले यसपटक पनि ‘फेस अफ क्लासिक डाइमन्ड’ले पाँचौँ सिजन  आयोजना गर्ने घोषणा गरेको छ । काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा क्लासिक डाइमन्डका अध्यक्ष बाबु राजा महर्जनले आगामी माघ ४ र ५ गते काठमाडौंमा ‘फेस अफ क्लासिक डाइमन्ड’को पाँचौँ सिजन आयोजना हुने जानकारी दिए । उनका अनुसार, प्रतियोगितामा उत्कृष्ट मोडलले फेस अफ क्लासिक डाइमन्डको उपाधिसहित १ लाख ५० हजार रुपैयाँ र एक वर्षसम्म क्लासिक डाइमन्डको ब्रान्ड एम्बेस्डरको जिम्मेवारी पाउने छन् । यस्तै उनले बलिउडमा… पुरा पढौ

बागलुङ कलाकार समाजकाे भर्चुअल माध्यमबाट देउसि भैलाेकाे उदघाटन शुरू

केपि कुमार जलन हाम्राे एकता ,माैलिक संस्कृति संरक्षण तथा मानव सेवामा प्रतिवद्वता भन्ने मुल नाराका साथ अगाडी बढिरहेकाे बागलुङ कलाकार समाज नेपालले शुभ दिपावलीकाे पावन अवसरलाई लक्षित गरि भर्चुअल माध्यमबाट देउसी भैलो २०८१ को औपचारिक उद्घाटन गरिएको छ । समाजका संस्थापक सल्लाहकार प्रमुख अतिथि जीवन शर्मा काे प्रमुख अतिथ्थता संगै बिशिष्ट अतिथि सफल ब्यबसायि तथा समाजसेवी नर बहादुर थापा टिका थापा र ईश्वरी गौतम को बाहुलीबाट दिप प्रज्वलन गरी उद्वघाटन भएको छ । बागलुङ जन्म भई विभिन्न ठाउँ मा रहेर… पुरा पढौ

कालीका भगवती गुठीको असाेज  महिनाको आम्दानी ३१ लाख ३७ हजार १ सय ८६  

बागलुङ कार्तिक ६ बागलुङ / नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर ब्यवस्थापन समितिले हरेक महिनाको पहिलो साता मन्दिरमा भएको हिसाबकिताब सार्वजनिक गर्ने कार्यक्रम अन्तर्गत २०८१ असाेज महिनाको हिसाबकिताब सार्वजनिक गरेको छ । कालीका भगवती गुठीका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा भएको बैठकले असाेज महिनामा  ४५ लाख २७  हजार ७ सय ८६  रूपैयाँ आम्दानी र खर्च तर्फ १३  लाख ९० हजार ६  सय रूपैयाँ  खर्च भइ ३१  लाख ३७  हजार १ सय ८६  रूपैयाँ आम्दानी भएको हिसाब अनुमाेदन गरेको छ । नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिरकाे… पुरा पढौ