
१५ औ बिन्दबासिनि म्युजिक अवार्ड २०८१ मा सर्बोत्कृष्ट मोडल जोडि पप तथा आधुनिक बिधा बाट माेडल उषा सुवेदीले अवार्ड जित्न सफल भएकि छिन । उनी बिदाई भन साईला २ बाेलकाे गीतबाट अवार्ड पाउन सफल भएकी हुन ।
सर्जक गायक रमेश राज भट्टराईकाे शब्द संगित पुर्णकला बिसी र स्वयम्ब भट्टराईकाे आवाजमा रहेकाे यस गीत माेडल उषा सुवेदी र बिनाेद श्रेष्ठले अभिनय गरेका थिए ।
माेडल सुबेदीले आफुलाई याेग्य सम्झी बिजेता बनाउन भाेटिङ गरेर अवार्ड प्राप्त गर्न सफल बनाउने सबै सबैलाई धन्यबाद दिएकि छिन ।
माेडल सुवेदी राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपालकी केन्द्रीय सदस्य समेत हुन ।









