डान्सर अस्मिता राना र मठ्ठु गुरूङ एकैसाथ म्युजिक भिडियाेमा

-


     केपी कुमार जलन     
     चैत्र २९ गते २०८१ मा प्रकाशित


चर्चित डान्सर अस्मिता राना र नबाेदित गायक मठ्ठु गुरूङ काे उत्कृष्ट नृत्य रहेकाे बाचुञ्जेल रमाउने हाे बाेलकाे लाेकदाेहाेरी गित बजारमा सार्वजानीक भएकाे छ ।

गाउबेशी भेडा बाख्रा चराउदै सामान्य एक गाउमा जन्मिएका मठ्ठु गुरूङ पहिलाे पटक  म्युजिक भिडियाेमा खेल्ने अबसर पायका छन भने माेडल अस्मिता राना देश बिदेशका थुप्रै स्टेजहरूमा आफुलाई लाेक दाेहाेरी क्षेत्रमा स्थापित गरेकि माेडल हुन ।

बाचुन्जेल जिन्दागीमा हासेरै जिउने बाचा गरेका प्रेम जाेडिहरूकाे कथालाई टपक्क टिपेर तयार पारीएकाे गितकाे शब्द संगित आईताराम परियारकाे रहेकाे छ भने गायिका शान्ति श्रि परियारले आवाजमा साथ दिएकी छिन ।

निकै उत्कृष्ट शैलीमा तयार पारीएकाे म्युजिक भिडियाेकाे निर्देशन छाँयाङकन  विशाल बराल र सम्पादन अनिल बिष्ट प्युठानीले गरेका छन ।
उक्त गितकाे म्युजिक भिडियाे आइताराम परियार अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएकाे छ ।