
चर्चित गायिका पूर्णकला बीसी र मौलिक गायक ईश्वर सिंहको स्वरमा सजिएको मौलिक ठाडो भाका ‘झुक्कायो घरबारे मायाले’ सार्वजनिक भएको छ।
उत्कृष्ट भेषभूषालाई प्राथमिकतामा राखेर निर्माण गरिएको यस गीतको प्रत्येक पक्ष अत्यन्त आकर्षक बनेको छ। रमेश बिजीका शब्द र ईश्वर सिंहको संगीतमा तयार पारिएको गीतमा पूर्णकला बीसीले स्वरमा साथ दिएकी छिन्।
पछिल्लो समयका प्रेमसम्बन्धमा आधारित यो गीतले युवायुवतीबीचको विश्वास र त्यसबाट उत्पन्न हुने भ्रमलाई स्पष्ट रूपमा चित्रण गरेको छ।
मोडल रजनी गुरुङ, ईश्वर सिंह, तेजेन्द्र गौतम र सरिता मगरको अभिनय रहेको भिडियोको निर्देशन छायाङ्कन मौसम हिमालीले गरेका छन् भने सम्पादन नवीन घर्ति मगरले गरेका छन्।
उक्त म्युजिक भिडियो ईश्वर सिंहको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।