समाचार

मधेसका जनताप्रतिको जिम्मेवारी नभुलेको प्रधानमन्त्रीकाे भनाइ

सर्लाही, २२ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको सम्मान र उनीहरूको आर्थिक एवं सामाजिक विकासका निम्ति आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । नेकपा(माओवादी केन्द्र) सर्लाहीको निर्वाचन क्षेत्र–४ ले बलरामा आज आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ‘प्रचण्ड’ले पछिल्लो समय मधेसी जनतामा जागरण पैदा भएकाले यहाँका जनताले मुक्तिको पक्षमा उभिने विश्वास व्यक्त गर्नुभयो । मिटरब्याज पिडीतका समस्या समाधान गर्न र नागरिकता बिहीन जनताको मागलाई सम्बोधन गर्न आफू नेतृत्वको सरकारले प्राथमिकताका साथ काम… पुरा पढौ

मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैन, यहाँका जनताको आर्थिक एवं सामाजिक विकासमा लाग्ने प्रधानमन्त्रीकाे प्रतिबद्धता

सर्लाही, २२ वैशाख : प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको सम्मान र उनीहरूको आर्थिक एवं सामाजिक विकासका निम्ति आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । नेकपा(माओवादी केन्द्र) सर्लाहीको निर्वाचन क्षेत्र–४ ले बलरामा आज आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ‘प्रचण्ड’ले पछिल्लो समय मधेसी जनतामा जागरण पैदा भएकाले यहाँका जनताले मुक्तिको पक्षमा उभिने विश्वास व्यक्त गर्नुभयो । मिटरब्याज पिडीतका समस्या समाधान गर्न र नागरिकता बिहीन जनताको मागलाई सम्बोधन गर्न आफू नेतृत्वको सरकारले प्राथमिकताका साथ… पुरा पढौ

रगतको अभाव हुन नदिन चन्द्रागिरिमा रक्तदान

काठमाडौ ,बैशाख २२ /रगतको अभाव हुन नदिने उदेश्यले नेपाल रेडक्रस साेसाइटी केन्द्रीय रक्तसञ्चार सेवा काठमाडौकाे अभियान लाई सामाजिक संघसंस्थाले साथ दिएपछि रक्तदान गर्नेहरूकाे संख्या बढेर गएको छ । सामाजिक  संघसंस्थाले रक्तदान कार्यक्रम आयोजना गरि रगत संकलन गर्ने अभियान चलिरहेको छ । कुनै बिरामीको रगत अभावका कारण मृत्यु हुन नपराेस भन्ने उदेश्यले सामाजिक संघसंस्थाले आयोजना गर्ने रक्तदान कार्यक्रमले धेरैलाई राहत मिल्दै आएको छ । पछिल्लो समय स्थापना भएका सामाजिक संघसंस्थाहरू  नेपाल रेडक्रस साेसाइटी रक्तसञ्चार केन्द्रलाइ सहयोग गरिरक्तदान गर्ने गराउने अभियानमा सक्रियता बढाउन थालेपछि तत्काल रगत… पुरा पढौ

प्रथम बागमती प्रदेश अन्तरपालिकास्तरीय राष्ट्रिय भलिबल प्रतियोगिता उद्घाटन

ललितपुर(महाँकाल), २२ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महाँकाल गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गर्न पहल गरिने बताउनुभएको छ । प्रज्ञा स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रथम बागमती प्रदेश अन्तरपालिकास्तरीय राष्ट्रिय भलिबल प्रतियोगिताको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले बागमती प्रदेश सरकारलाई महाँकाल गाउँपालिकालाई पर्यटकीय पालिका घोषणा गर्न आग्रह गर्ने विश्वास दिलाउनुभयो । विकासमा पछि परेको पालिका र यहाँका जनताको समस्या समाधानको विशेष ध्यान जाने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमार्फत महाँकाललाई प्राथमिकता दिने बताउनुभयो । ललितपुरको महाँकाल गाउँपालिका–३ गोटीखेलको महाँकाल… पुरा पढौ

बागलुङको १४ नम्बर वडा पूर्ण खाेप सुनिश्चित वडा घाेषणा

बागलुङ /स्वास्थ्य चौकी बाट अनलाइन डिजिटल खोप कार्ड शुभारम्भ गरि १४ वटा वडा रहेको बागलुङ नगरपालिकाकाे १४ नम्बर वडा नारायणस्थान पूर्ण खोप सुनिश्चित भएको वडा घोषणा गरिएको छ। स्वास्थ्य चौकी बाट अनलाइन डिजिटल खोप कार्ड शुभारम्भ गरिएको छ।वडाध्यक्ष चक्रबहादुर खत्री अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि बाग्लुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले वडा स्तरीय प्रोफाइल अन्तर्गत स्वास्थ्य प्रोफाइल बाट अनलाइन डिजिटल खोप कार्ड प्रिन्ट गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। १६ महिनादेखि ५९ महिनासम्मका ३२ जना बच्चाहरूलेसमयमै लगाउनुपर्ने सबै खालको खाेप… पुरा पढौ

बागलुङका स्वास्थ्यकर्मीलाइ हात्तीपाइले राेग निवारण स्वयं हेरचाह गर्ने सम्बन्धि तालिम सम्पन्न

बागलुङ / स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा स्वास्थ्यकर्मीहरुका लागि हात्तीपाइले राेग निवारण अन्तरगत स्वयं हेरचाह (Self Care) सम्वन्धि १ दिने अभिमुखिकरण कार्यक्रम दुई वटा समुहमा सम्पन्न भएकाे छ। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापा, स्वास्थ्य कार्यालय प्रमुख वावुराम आचार्य लगायतको आथित्यतामा सम्पन्न भएको थियो। कार्यक्रम सन्चालन स्वास्थ्य कार्यालय बागलुङका तथ्याङ्क अधिकृत घनश्याम सापकाेटाले गर्नु भएको थियो भने धाैलागिरी अस्पतालका कन्सल्टेन्ट डा.हरु शंकर राज लामिछाने, समीर लामिछाने, स्वास्थ्य कार्यालय बागलुङकी जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्मा, फेयरमेड बागलुङका राजेन्द्र रुचाल, गणेश बरुवाल… पुरा पढौ

राेटरी क्लब बाट आगलागी पीडितलाई सहयोग प्रदान

बागलुङ / सामाजिक सेवाको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था राेटरि क्लबले बागलुङ नगरपालिका वडा नम्बर १२ अमलाचौरमा आगलागीबाट पीडित परिवारलाई सहयोग गरेको छ । आगलागी बाट घर जलेका यदुनाथ पाध्या र ददिराम पाध्याको परिवारलाई रोटरि क्लब अफ बागलुङले ४० हजार आर्थिक सहयोग गरेको हाे । रोटरि क्लब अफ पोखरा फिस्टेल बाट ग्लोबल ग्राण्ड अन्तर्गत बिधुतिय चुल्हो , प्रदुषण मुक्त भान्छा भन्ने प्रोजेक्ट अन्तर्गत दुई परिवार लाइ इलोक्टोनिक चुल्हो सहित त्यस लाग्ने कुकर सहित किचन सामाग्रीहरु २० हजार बराबर को… पुरा पढौ

चर्चित गायिका एलिना चाैहान अस्ट्रेलिया प्रस्थान

काठमाडौँ । गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकाे तिन सातापछि श्रीमान विष्णु सापकोटासँग आज अस्ट्रेलिया प्रस्थान गर्नु भएको छ । बागलुङ नगरपालिका हाल अस्ट्रेलिया बस्दै आएका युवा ब्यवसायी बिष्णु सापकोटा संग विवाह बन्धनमा बाधिनु भएका चर्चित गायीका एलिना आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल बाट अस्ट्रेलिया तर्फ जानु भएकोपारिवारिक स्राेतले जनाएको छ । धाेकेबाज हाै भन्ने गित गाएर चर्चामा आएका गायिका चाैहान सापकोटा संग प्रेम भएपछि बैशाखकाे पहिलो साताधुमधामका साथ विवाह भएको थियोे । बिवाहा लगत्तै गायिका चाैहान नेपाल कै प्रसिद्धि… पुरा पढौ

देश र जनताका हितमा सरकारले एतिहासिक काम ?

काठमाडौँ, २१ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले देश र जनताका हितमा राम्रा काम मात्र गर्ने प्रण गरेको बताउनुभयो । “मैले पदभार ग्रहण गर्दा भनेको थिएँ, देश र जनताको हितमा राम्रा कामहरू मात्रै गर्नेछु र सरकारी संयन्त्रलाई पनि राम्रा कामहरू मात्रै गर्न निर्देशित गर्दछु,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यस अवधिमा सरकारबाट भएका कामहरूलाई हेर्ने हो… पुरा पढौ

प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन : प्रधानमन्त्री

काठमाडौँ, २१ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा सङ्कुचन हुन नदिइने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आसञ्चार माध्यमलाई नियन्त्रण गर्नेभन्दा पनि स्वनियमन बस्नुपर्ने बताउनुभयो । “प्रेस जगतसँग मेरो आग्रह छ, प्रेस स्वतन्त्रताको रक्षा गरौँ र उपभोगको सहज वातावरण पनि बनाऔँ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सँगसँगै मिथ्या सूचनाको बाढीलाई रोक्ने काम पनि गरौँ । असत्य, भ्रामक र मिथ्या सूचनाका कारण नेपाली समाजलाई भ्रमित… पुरा पढौ