समाचार

काठमाडौं बागलुङमा साझा यातायातले बस थप्याे

काठमाडौं /नेपालीहरूकाे महान चाड बिजया दशमी नजिकिदै गर्दा साझा यातायातले आम उपभोक्ताकाे माग पछि काठमाडौं बागलुङमा थप एकवटा बस थप गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्रकाे रूपमा परिचित बागलुङ सदरमुकाम सम्म २०७४ सालदेखि एउटामात्र रात्री बस सेवा संचालन गर्दै आएकोमा यहीँ असाेज १ गतेदेखि थप एकवटा रात्री बस संचालन गर्ने भएको छ । साझाको रात्री सेवा असाेज १ गते देखि बागलुङ - काठमाडौं साँझ ५.३० र ६.३० मा संचालन हुने भएको छ ।काठमाडौं देखि बागलुङ… पुरा पढौ

संसद्को चालु अधिवेशन अन्त्य

काठमाडौँ – संघीय संसदको दुवै सदनको चालु अधिवेशन आज रातिबाट अन्त्य गरिएको छ। प्रतिनिधिसभाको आजको बैठकमा आजै राष्ट्रपति कार्यालयबाट प्राप्त भएको पत्र पढेर सुनाउँदै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको चालु चौथो अधिवेशन आज रातिदेखि अन्त्य भएको बताए। सभामुख घिमिरेले प्रनिनिधिसभाको चालु चौथो अवधिभर भए–गरेका काम कारबाहीको विवरण आजको बैठकमा सुनाएका थिए। प्रतिनिधिसभाको चौथो अधिवेशन २०८१ वैशाख २८ गते प्रारम्भ भई २०८१ भदौ ३१ गतेसम्म एक सय ३० दिन चलेको छ। जसमध्ये ५३ दिनमा ५६ पटक बैठक बस्दा दुई सय ६… पुरा पढौ

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को गीत” काँधेकुरी” सार्वजनिक

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को गीत सार्वजनिक भएको छ । निर्माणपक्षले युट्युबमार्फत आइतबार ‘काँधेकुरी’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ । गीत छोरो सहर जाँदै गरेको बस हेर्दै गरेको बिछोडको दृश्यबाट सुरु हुन्छ । छोरालाई पढ्न सहर पठाउँदाको वियोग चलचित्रका मुख्य पात्र विजय बरालको अनुवारमा देखिन्छ । त्यसपछि सुरु हुन्छ गीत, जसमा घरघरमा सारङ्गी रेट्दै गाउँदै पैसा संकलन गर्दै हिँडिरहेका छन् । गरिबको घरमा जन्मिएपछि पाउने दुःखको सेरोफेरोमा गीत… पुरा पढौ

जनाधिकार र स्वाधीनताका लागि माओवादी बलियो बन्न आवश्यक :प्रचण्ड

झापा, ३० भदौ। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीका अस्तित्वका लागि मात्र होइन मुलुककै स्वाधीनताका लागि माओवाद केन्द्र बलियो बन्न आवश्यक रहेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र झापाले बिर्तामोडमा गरेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो ।उहाँले अहिलेको अन्तरास्ट्रिय शक्ति सन्तुलन र त्यसबाट नेपालमा पर्नसक्ने असरको बारेमा लामो चर्चा गर्दै मुलुकको स्वाधीनताका लागि जनता र देशका लागि समवेदनशील र सबैलाई सन्तुलनमा राख्नसक्ने शक्ति माओवादी केन्द्र नै भएको बताउनुभयो ।… पुरा पढौ

कन्दङ्वासहित सयौ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

झापा, ३० भदौ । झापाका पुराना बामपंथी नेता लोकबन्धु कन्दङ्वासहित सयौं नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । माओवादी केन्द्र झापाले बिर्तामोडमा गरेको राजनीति प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उहाँहरुलाई पार्टी प्रवेश गराउनुभएको हो । कन्दङ्वा दुई वर्षअघि नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यबाट राजीनामा दिएर स्वतन्त्र बामपंथी बुद्धिजीवीको रुपमा सकृय रहनुभएको थियो । विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरूमा मोहन योगी, सिता रण पँहेली, जगत राई, अञ्जर अलि सन्तबहादुर कुमाल,विवेक, राजु… पुरा पढौ

वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘ज्वाइँ साब’ चर्चामा

काठमाडौं । वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘ज्वाइँ साब’ अहिले चर्चामा छ । चलचित्रको हालै सार्वजनिक फर्स्ट लुक र टिजरले नै दर्शकबीच निकै उत्सुकता बढाएको थियो । त्यसपछि, गायक निशान भट्टराई र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको पहिलो गीत ‘कसम बत्तीको’ सार्वजनिक भएसँगै चलचित्रको चर्चा थप चुलिएको छ । फूलपातीको अवसर पारेर असोज २४ गते रिलिज हुन लागेको ‘ज्वाइँ साब’को यो गीतले चलचित्रलाई थप उचाइमा पुर्याएको निर्देशक वसन्त निरौलाले बताए । “पोस्टर र टिजरले चलचित्रको हाइप क्रिएट गरेको थियो,” उनले भने,… पुरा पढौ

काठमाडौंमा निशुल्क स्वास्थ शिविर

काठमाडौ भदौ ३० आम नागरिकलाई घर दैलाेमा स्वास्थ सेवा दिने उदेश्यलेनेपाल देशभक्त युवा शक्ति केन्द्र काठमाडौकाे आयोजनामाबृहत् नि;शुल्क दन्त स्वास्थ शिविर तथा बृहत् रक्तदान कार्यक्रम नयाँ बानेश्वरमा चाेकमा सम्पन्न भएको छ । समाज डेन्टल हस्पिटल हाेप हस्पिटल लायन्स क्लब अफ काठमाडौं सिद्वार्थ गाैतम ,पन्चकुमारी विकास समिति लगायतका सामाजिक संघसंस्थाको आयोजनामा बृहत् स्वास्थ शिविर आयोजना गरि आम नागरिकबाट बृहत् रक्तदान कार्यक्रम गरेर काठमाडौंमा स्वास्थ उपचारको लागि अभाव हुदै आएको रगतमा यसले मद्दत पुर्‍याउने आयोजकले जनाएको छ । संस्थाले हरेक बर्ष स्वास्थ्य… पुरा पढौ

लोक दोहोरी प्रतिष्ठान उपत्यका काठमाडौंको साधारण सभा सम्पन्न

काठमाडौं / राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्ववय काठमाडौंको १९ औ वार्षिक साधारण सभा काठमाडौं मेपि स्थित सेम पेलेसमा सम्पन्न भएको छ । अर्जुन थापाको कार्यकाल बाट संस्थाले बैधानिक दर्ता प्रक्रिया सुरु गरेको जनाएको थियो । रिता थापा मगरले संस्थालाई अझै क्रियाशिल बनाउदै अघि लानु पर्ने र समस्या भए केन्द्रमा भन्नु पर्ने बताउनु भएको थियो । साधारण सभामा कानुनी सल्लाहकार हिमलाल गिरि सल्लाहकार बिराज थापाले शुभकामना मन्तब्य राख्नु भएको थियो । लोक दोहोरी प्रतिष्ठान केन्द्रका पशुपति शर्मा… पुरा पढौ

यो मनको चाहन’ बोलको नयाँ गीत सार्वजनिक

काठमाडौं । 'यो मनको चाहन' बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । तीजको रौनकमा सयौँ गीत र म्युजिक भिडियोहरू सार्वजनिक भइरहँदा, गायक सुरेश लामा र दीपा लामाको आवाजमा सजिएको 'यो मनको चाहना' बोलको नयाँ गीत शनिबार सार्वजनिक भएको हो । गीतको शब्द डा. दामोदर रेग्मीले लेखेका हुन् भने संगीत डी.बी. लामाको रहेको छ।  विशाल निरौलाले एरेन्ज गरेका गीतलाई रञ्जन राईले मिक्सिङ र मास्टरिङ गरेका छन्। यस गीतको भिडियोमा चर्चित मोडेल तथा नायक प्रभात पल ठकुरी र मोडेल अप्सना बलामीले अभिनय गरेका छन्, जहाँ… पुरा पढौ

राष्ट्रपति पौडेलद्वारा सुरेन्द्र राई र सुसन तामाङलाई गिनिज वर्ल्ड रेकर्ड्सको प्रमाणपत्र हस्तान्तरण

काठमाडौं । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा सुरेन्द्र राई र सुसन तामाङलाई गिनिज वर्ल्ड रेकर्ड्सको प्रमाणपत्र प्रदान गरेका छन्। सुरेन्द्र र सुसनले विश्वमै पहिलोपटक उच्चतम स्थानमा डान्स कोरियोग्राफी गर्दै 'गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स' मा आफ्नो नाम दर्ज गरेका हुन्। सोलुखुम्बुस्थित काला पत्थरमा ५,४४१ मिटर (१७,८५१ फिट) उचाइमा १९ मे २०२४ (नेपाली मिति जेठ ६) मा यस कीर्तिमान प्रयासलाई सफलतापूर्वक सम्पन्न गरेका थिए। उनीहरूले प्रस्तुत गरेको नृत्य 'मन मगन' बोलको गीतमा साढे दुई मिनेट लामो थियो। यो रेकर्ड… पुरा पढौ