सकारात्मक साेचाई राखाैं, भएकाे विकासलाई आत्मसात गराैं : उपप्रधानमन्त्री सिंह

-


     हिडन खबर    
     फागुन १३ गते २०८१ मा प्रकाशित


नेपालगञ्ज : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नकारात्मक प्रचरप्रसारले विकास निर्माण सम्भव नहुने भन्दै सकारात्मक साेचाइ राख्नुपर्ने बताउनुभएकाे छ ।

मंगलबार नेपालगञ्ज उपमहानगरपालिकामा निर्मित सिटी हलकाे समुद्ञाटन गर्नुहुँदै उहाँले भएका विकास कार्यलाई आत्मसात गर्नुपर्ने धारणा राख्नुभयाे । उपप्रधानमन्त्री सिंहले भएका विकास निर्माणका काम  संरचनाकाे सदुपयाेग गर्नुपर्नेमा जाेड दिनुभयाे ।

विकास निमार्णको क्रममा बनिसकेको भवन तथा विकासको सहि सदुपयोग गर्नुु पर्छ  ,´ उहाँले भन्नुभयाे,`नकारात्मक प्रचारप्रसारले विकास सम्भव हुुन सक्दैन। सकारात्मक सोचाइ र भएका विकासलाई पनि आत्मसात गर्नु जरुरी छ ।´सिटी हलले नेपालगञ्जमा आर्थिक गतिविधि बढाउन सहयाेग पुग्ने पनि उहाँले विश्वास व्यक्त गर्नुभयाे ।

नेपालगञ्ज सिट हलकोको निमार्ण पश्चात यहा हुने विभिन्न गतिविधिहरुलाई व्यवस्थीत गर्न सुविधा हुने भन्दै उहाँले  यसको सहि सदुपयोग गर्नको लागी आग्रह गर्नुभयाे। हलको सिटिंग क्यापासीटी ७९५ रहेको छ । सिटी हलकाे समुद्घाटनसँगै हल सञ्चालनका लागि नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिएकाे छ  

उपप्रधानमन्त्री सिंहले बाेल्ने अधिकार संगसंगै आफनो काम कर्तव्य लाई पनि भुुल्नु नहुने भन्दै सधै नकारात्मकतामा लाग्ने भन्दासकारात्मक आलोचना हुुनुपर्नेमा बताउनुभयाे । उहाँले वर्तमान सरकार राजनीतिक स्थिरताकाे जगमा समृद्धिकाे बाटमेमा अघि बढिरहेकाे भन्दै त्यसमा हरेककाे साथकाे आवश्यक्ता रहेकाेमा जाेड दिनुभयाे ।