
बागलुङ ।जिल्ला प्रहरी कार्यालय बागलुङले ४ जना फरार प्रतिवादी पक्राउ गरेर फैसला कार्वान्यनकाे लागि सम्मानित अदालतमा पेश गरेको छ ।
पशुपन्छि सम्बन्धि कसुरमा दुई महिना ७ दिन कैद सजाय ताेकिएका गलकाेट नगरपालिका वडा नम्बर १ का प्रेम भन्ने प्रिम सार्की र ,सुरेश नेपाली बहुविवाह केसमा गलकाेट नगरपालिका ३ महिना १७ दिन कैद र १० हजार जरिवाना ताेकिएका भक्त बहादुर खत्री चाेरी केसमा ४ महिना ८ दिन कैद र १० हजार जरिवाना ताेकीएका गलकाेट नगरपालिका वडा नम्बर १० का प्रविण पुन लाई पक्राउ गरि सम्मानित जिल्ला अदालत बागलुङमा पेश गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी बिजय यादवले बताए ।










