कालीगण्डकी नदिमा करेन्ट लगाइ माछा मार्ने समूह पक्राउ

-


     हिडन खबर    
     फागुन १३ गते २०८१ मा प्रकाशित


बागलुङ ।जिल्ला प्रहरी कार्यालय बागलुङले अबैध रूपमा कालीगण्डकी नदिमा करेन्ट लगाएर माछा मार्ने समूह लाइ पक्राउ गरेको छ ।

प्रहरी बागलुङ नगरपालिका ४  ढाेडेनी स्थित कालीगण्डकी नदि किनारमा बिधुतिय धार करेन्ट लगाए माछा मारिरहेकाे अवस्थामा  ४ जना ब्यक्तिहरूलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका (प्रहरी नायव उपरीक्षक )सुचना अधिकारी विजय यादवले बताए ।

पर्वत जिल्ला जलजला गाउँ पालिका वडा नम्बर ८ का गाेकुल गाैतम ,किस्मत पुन ,दिलबहादुर मगर ,र आर्यन शर्मालाई पक्राउ गरिएको सुचना अधिकारी यादवले बताए ।

निज ब्यक्तिहरू बाट माछा मार्न प्रयोग गरिएको १२ भाेल्टकाे ब्याट्री १ थान सेताे तारमा बेरिएकाे आल्मुनियमकाे स्ट्रिक २ थान जालि सहितको कुडुलाे २ थान झाेला दुई थान समेत बरामद गरेको यादवले बताए ।पक्राउ परेका ४ जनालाई जलचर संरक्षण ऐन २०१७ अन्तर्गत कसर बमोजिम कार्वाहीकाे लागि जिल्ला प्रशासन कार्यालय बागलुङ पठाएको प्रहरीले जनाएको छ ।