माेडल सञ्चिता शाहीका बुवा भन्छन कराेडाै तिर्न सक्ने प्रेम शाही ज्युदै छ  

-


     हिडन खबर    
     फागुन १३ गते २०८१ मा प्रकाशित


कसैकाे उक्साहमा लागेर आफ्नाे छाेरीले एक पैसा खाएकाे भए एक कराेड पनि फिर्ता गर्न तयार रहेकाे माेडल सञ्चिता शाहीका बुबाले भनेका छन ।

यति बेला सामाजिक संजालहरूमा गायक बिर्ख बिश्वकर्माको बिरामी र ठगी धन्दाकाे निक‌ै चर्चा भई रहेकाे छ । बिभिन्न मिडियामा आएको  खबर अनुसार
गायक बिश्वकर्माले आफुलाई क्यान्सार प्रमाणित भएकाे र नियमित आ‌ैषधि सेवन र चेक जाच गरिएका रिपाेट कागजातहरू हरायकाे भन्ने अभिव्यक्ति प्रति सजिलै बिश्वास गर्न भने सकिँदैन । 

उनले घरमा श्रीमती र १ छाेरा हुदा हुँदै सम्वन्धमा दरार अाएकाे  र आफु एक्लाे रहेकाे बताएका छन ।

तर उनकाे दुखमा साथ दिदै अाएकी माेडल सञ्चिता शाही लाई भने यति बेला गालीकाे वर्षा आईरहेकाे छ ।
उता माेडल सञ्चिताकाे बुवा प्रविन बहादुर शाहीले लामाे स्टाटस लेखदै गायक बिर्ख बिश्वकर्माले सयाै जनालाई भ्रममा पारेकाे प्रतिक्रिया दिएका छन । उनले लेखेका छन देशमा लुटि खाने ठगिकाे कमि नभयकाे भन्दै आफ्नाे छाेरीले एउटा असल अभिभावक बनेर साथ दिएकाे बतायका छन ।

उनले सत्य तथ्य के हाे निश्पक्ष छानबिन गर्न समेत माग गरेका छन ।मेरो घर परिबारले  दुखमा बिगत देखी नै सक्दो सहयोग गर्ने परिबार पनी हो ठगी खाने होइन श्रमलाइ देबता मान्ने मानिस हौ मेराे छाेरी संचिताले कसैको पनी अनाबश्यक योजनामा लागेर पैसा खायको भय करोडौ तिर्न सक्ने बाबा प्रेम शाही जिउदै छ। सत्य के हो छानबिन हाेस कसैकाे अस्तित्व माथी आच आउने खेल नबनाईयाेस उनले भनेका छन । गायक बिश्वकर्मालाई माेडल सन्चिता शाहीले अभिभावककाे भुमिका खेलेकि थिइन् ।