समाचार

रातारात कांग्रेस एमाले बिच नयाँ समिकरण एमाले अध्यक्ष केपी शर्मा आ‌ेली प्रधानमन्त्री बन्ने निश्चित

काठमाडौं / वर्तमान सत्ता समीकरण परिवर्तन गरेरनेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने सहमति मध्यरातमा भएको छ। एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति भएकाे पनि भएको छ । कांग्रेस-एमाले समझदारीको प्रारम्भिक मस्याैदा : १.ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने । २.प्रदेश सरकारहरुमा ३/३ वटा सरकार बाँड्ने । मधेस प्रदेशमा चाहिँ मधेसकेन्द्रित दलकै नेतृत्व दिने । ३.संविधान संशोधन गर्दै समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा… पुरा पढौ

प्रधानमन्त्रीद्वारा ‘प्रकाश दाहाल स्मृति चौंथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ उद्घाटन

काठमाडौँ, १७ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ को आज यहाँ उद्घाटन गर्नुभएको छ । प्रकाश दाहाल फाउन्डेसन र बक्सिङ महासङ्घको संयुक्त आयोजना आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरु भएको प्रतियोगितामा देशभरका २५० जनाको सहभागीता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दिवङ्गत प्रकाश दाहालको जन्मजयन्तिको अवसर पारेर सुरु गरिएको प्रतियोगितामा युवाहरूको उपस्थितिले प्रकाश युवामाझ लोकप्रिय रहेको आफूले महसुस गरेको बताउनुभयो । उहाँले प्रतियोगिताको सफलताको… पुरा पढौ

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष आ‌ेली बिच भेटघाट

काठमाडौं असार १७ /वालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विच भेटघाट भएको छ ।अहिले भइरहेको गठबन्धन परिवर्तन गरेर नयाँ कांग्रेस एमाले नयाँ गठबन्धन बनाउनकाे लागिएमाले अध्यक्ष आ‌ेली र नेपाली कांग्रेसका सभापति देउवा बिच पटकपटक भेटघाट भएको कुरा सार्वजनिक भएपछिपुन प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष आ‌ेली बिच भेटघाट बढेर गएको छ । । तस्बिर ः प्रदीपराज वन्त ÷प्रधानमन्त्रीको सचिवालय पुरा पढौ

काेराेनाले ड्रायगन फलकाे ब्यवसायीक खेती गर्न सिकायाे

बागलुङ / बिश्वब्यापी रूपमा फैलिएको काेराेना भाइरस काेभिड १९ का कारण लग डाउन घाेषणा भएपछि ब्यापार ब्यवसाय गरेर बसिरहेका धेरै ब्यवसायी ब्यवसाय बाट पलायन भएको समयमा भने बागलुङका एकजना युवा ब्यवसायीले भने त्यहीँ लगडाउन कै समयमा लाखौं रूपैयाँ लगानी गरेर सिउँडी फल अर्थात् ड्रायगन फल (Dragon Fruit)काे ब्यवसायीक खेती शुरूवात गरेर बिक्रीवितरण समेत शुरू गरेका छन् । बागलुङ नगरपालिका वडा नम्बर १ का युवा ब्यवसायीबिमलेश आचार्यले बागलुङ नगरपालिका १ रामरेखामा करिव ३० लाख रूपैयाँ लगानी गरेर शुरूवात गरेको ड्रायगन फलकाे… पुरा पढौ

१० वर्ष अघिको सफल गीत ‘कलेजी कटाउन्या माया’को नयाँ भर्जनमा

काठमाडौं । १० वर्ष अघिको सफल गीत 'कलेजी कटाउन्या माया'को नयाँ भर्जनमा कविता, जोन र चक्र काठमाडौं । मोडल कविता न्यौपाने, जोन बम र चक्र बम अभिनित नयाँ गीत 'कलेजी कटाउन्या माया' सार्वजनिक भएको छ। नेपमेलोको प्रस्तुतिमा तयार भएको गीत शनिबार नेपमेलोकै आधिकारिक युटउब च्यानल 'नेपमेलो' बाट सार्वजनिक गरिएको हो। भिडियाेमा कविता, जोन र चक्रको हृदयस्पर्सी प्रेम र बिछोडकाे कथा छ।लामो समयदेखि सक्रिय रहि काम गर्दै आइरहेकी मोडल कविता न्यौपानेले म्युजिक भिडियाेकाे दुनियाँमा आफ्नो छुट्टै छाप छाडेकी छिन। उनले अहिलेसम्म थुप्रै… पुरा पढौ

कम्युनिस्टहरू अतीतमुखी होइन, आशावादी र भविष्यमुखी हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, १६ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका आशा एवं अपेक्षाहरू पूरा गर्नका लागि सम्पूर्ण लोकतन्त्रवादी राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्ने बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले देशको अगाडि देखापरेका समस्या समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताउनुभयो । प्रधानमन्त्री भन्नुभयो, “आन्दोलनका नेताहरूले अझ ठूलो परिवर्तनका निम्ति एवं नेपाली जनताको आशा, अपेक्षा पूरा गर्न फेरि एकपटक सङ्कल्प लिन जरुरी छ, एकताबद्ध एवं केन्द्रित हुन जरुरी छ ।”… पुरा पढौ

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन

कास्की / पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा बिबिए आठौं सेमेस्टरका विद्यार्थीहरुले आइतबार नमूना पत्रकार सम्मेलन गर्ने बारे अभ्यास कार्यक्रम सम्पन्न गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुईवटा सेक्सनका ७२ जना विद्यार्थीहरुले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण ब्यवहारिक रूपमा गरेका थिए । बिबिए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीहरुलाई कार्यक्षेत्रको प्रत्यक्ष अनुभव गराउने सन्दर्भमा यो कार्यक्रम आयोजना गरिएको कलेजका बीबीए कार्यक्रम संयोजक हरी अधिकारीले बताए । कार्यक्रममा क्याम्पस प्रमुख लिना श्रेष्ठ नेगीले विद्यार्थीहरुले यस्ता कार्यक्रमबाट… पुरा पढौ

जातीय बिभेद राष्ट्रको समस्या हो प्रदेश सभा सदस्य पौवी

बागलुङ, गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवीले जातीय बिभेद कुनै एक समुदायको मात्र नभएर सिंगो राष्ट्रको समस्या भएकाले यसलाई राष्ट्रले समाधान गर्नु पर्ने बताउनु भएको छ । जिल्लाको गलकोट नगरपालिकामा सञ्चालित १ दिने सामाजिक बिभेद तथा छुवाछुत अन्त्यका लागि प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथिको रुपमा आफ्नो मन्तव्य राख्दै यस्तो प्रतिक्रिया दिनु भएको छ । यस समस्याले समाजको एक समुदायलाई मात्र हैन सिंगो समुदायलाई यसको प्रभाव पार्ने बताउनु भयो । यस समस्या समधानको लागि गैरदलितको पनि निकै महत्वपुर्ण भुमिका रहने बताउनु भयो… पुरा पढौ

राष्ट्रिय धान दिवस मनाउँदै गर्दा बागलुङमा २० प्रतिशत धान राेपाई

बागलुङ /जलवायु मैत्री कृषि धान उत्पादनमा बृद्वि भन्ने नारासाथ असार १५ अर्थात राष्ट्रिय धान दिवस तथा राेपाइ महाेत्सव २०८१ धुमधामका साथ मनाउँदै गर्दा बागलुङ जिल्लामा अहिलेसम्म २० प्रतिशत मात्र धान राेपाई सम्पन्न भएको  छ । कृषि ज्ञान केन्द्र बागलुङको आयोजना जिल्ला कृषि सहकारी संघ लिमिटेड बागलुङको समन्वयमा बागलुङ नगरपालिका वडा नम्बर ४ कुडुले फाँटमा धान राेपेर दिवस मनाएको छ । मनसुन शुरू हुने प्रतिक्षा गरिरहेकाे समयमा आकाश बाट पानी नपरेपनि सिचाइकाे सुविधा भएको बागलुङका किसानले धान रोपाइँ गरेपनि बागलुङ नगरपालिका भित्र भने… पुरा पढौ

एग्रिकल्चर गेम रियालिटि शाे

काठमाडौं /विश्वकै पहिलो एग्रिकल्चर गेम रियालिटि शो ‘र’ को प्रतियोगी आवेदन खुला गरिएको छ । शनिबार राष्ट्रिय धान दिवसको अवसर पारेर एक समारोहकाबीच धान रोपाईँ उत्सव मनाउँदै कृषि, उद्दमशिलता र जलवायु परिवर्तनलाई मुख्य आधारशिला बनाएको प्रतियोगीको आवेदन खुला गरिएको हो । तिनै तहका सरकारहरुसंग साझेदारी गर्दै हालसम्म, विभिन्न स्थानीय सरकारहरू, कृषि तथा पशुपन्छी विकास मन्त्रालय (MOALD), र त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशु विज्ञान अध्यन संस्थानलगायतसँग साझेदारी भएको छ। हिमालय टेलिभिजनबाट प्रसारण हुने यस कार्यक्रमको होष्ट महानायक राजेश हमाल रहेका छन्… पुरा पढौ