मालिका सेवा समाजद्धारा व्यवसायिक मौरी व्यवसाय प्रबर्द्धन गर्न १३ घार मौरी वितरण

-


     हिडन खबर    
     मंसिर १५ गते २०८१ मा प्रकाशित


बागलुङ / मालिका सेवा समाज बागलुङले बागलुङ नगरपालिका ५ मालिकाका स्थानियलाई व्यवसायिक मौरी पालनमा तर्फ अग्रसर गराउन अनुदानमा मौरीका घार वितरण गरेको छ ।

मालिकालाई मौरीपालनको पकेट क्षेत्रको रूपमा विकास गर्ने उद्देश्य सहित स्थानीय किसानहरुको लागी आर्यआजर्नमा सहयोग पु¥याउने उदेश्यले घार वितरण गरिएको हो ।

मौरीपालनको सम्भावना रहेका क्षेत्रका किसानलाई पहिलो चरणमा १३ वटा मौरीको घार वितरण गरिएको छ । मौरीपालनका दृष्टिले प्रशस्त वनजङ्गल र चरन क्षेत्र भएकाले पनि मौरीपालन फस्टाउन सक्ने भएकाले घार वितरण गरी अभियान थालिएको सेवा सामाजले जनाएको छ ।

सेरेना जातको मौरीपालनका लागि २ लाख रुपैयाँबराबरको आर्थिक व्यवस्थापन गरिएको छ । पहिलो चरणमा १३ जनालाई वितरण गरिएको र अव इच्छुक ३० जनालाई वितरण गर्ने योजना समाजले बनाएको छ ।

सो अवसरमा बोल्दै वडा अध्यक्ष हरि प्रसाद शर्माले मालिकामा कृषि क्षेत्रमा रोजगारीका सम्भावना धेरै भएकाले यसलाई उद्यमशीलताको रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । कृषि क्षेत्रको प्रसस्त आधार रहेकोले मालिकालाई विकासमा भौतिक पूर्वाधार आवश्यक रहेको तर आयआर्जनका लागि उद्यमशीलता, व्यवसायीकरण पनि आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा निवर्तमान वडा अध्यक्ष शिव प्रसाद सापकोटा, निवर्तमान कार्यपालिका सदस्य कालिका सापकोटा, सस्थाका सल्लाहकार फुलप्रसाद सापकोटा, भिम बहादुर केसी लगाएतले मालिका सेवा समाजले सुरु गरेको कृषि अभियानलाई सबैले सहयोग पु¥याउन आग्रह गर्नु भयो । कार्यक्रम समाजका अध्यक्ष जीवन नाथ शर्माको अध्यक्षता सहसचिव मात्रृका आचार्यको स्वागत र सचिव खडानन्द सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

मौरी पालनबाट राम्रो आम्दानी लिन सकिने बताउदै आयआर्जन वृद्धिमा सहयोग गर्दै आत्मनिर्भर बनाउन मौरीकाघार उपलब्ध गराएको समाजका अध्यक्ष जीवन नाथ शर्माले जानकारी दिनु भयो ।