काठमाडौँ । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ । अघिल्लो दिन प्रतितोला ३०० रुपैंयाले घटेको सुन आज १ हजार ६०० रुपैंयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ४९ हजार ३०० रुपैंयामा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५० हजार ९०० रुपैंया निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य ४५ रुपैंयाले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ८४५ रुपैंयामा कारोबार भइरहेको छ /
सरकारले सुनमा लाग्दै आएको भन्सार दर घटाएपछि सुनको भाउमा कमि आएको थियो ।एकाएक ह्वात्तै घटेको सुनको भाउ बिस्तारै बढ्दै जान थालेको छ ।