समाचार

मानव सेवा आश्रमकाे भवन बनाउन ५ लाख सहयोग

बागलुङ ।मानव सेवा आश्रमकाे भवन बनाउने अभियान शुरूवात गरेपछि सहयोग गर्ने क्रम पनि बढेर गएको छ ।बागलुङ नगरपालिका वडा नम्बर ४ निर्णयघाटमा निर्माण हुदै गरेको भवन निर्माणमा आफ्नो स्वर्गीय मातापिताको स्मृतिमा एउटा काेठा निर्माणकाे लागि सहयोग गर्ने प्रतिबद्धता एक कार्यक्रम बिच गरियो । मानव सेवा आश्रममा बागलुङ नगरपालिका वडा नम्बर ३ का समाजसेवी सुश्री चइनादेवी श्रेष्ठ र श्री प्रकास ,चन्द्र बिन्दु , इन्दु प्रकास, बिरेन्द्र प्रकास स्वयम प्रकास ,मधुकर हिमालय प्रकाश श्रेष्ठले आफ्नो स्वर्गीय मातापिता श्रीप्रसाद श्रेष्ठ र मानकुमारी श्रेष्ठकाे… पुरा पढौ

फेन्सी ब्यवसायी संघकाे १५ आ‌ै स्थापना दिवसमा मानव सेवालाई सहयोग ,

बागलुङ उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई कपडा तथा फेन्सी ब्यबसायी संघकाे १५ आ‌‌ै स्थापना दिवसको अवसरमा एक कार्यक्रम गरि स्वागत गरेको छ । असार ६ गते भएको १८ आ‌ै अधिवेशन बाट निर्वाचित भएका उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कडेल लगायत संघका नवनिर्वाचित सदस्यहरूलाइ अविर र खादा लगाएर स्वागत गरेका थिए । कार्यक्रममा मानव सेवा आश्रमका संयाेजक विपना तामाङलाई मानवीय क्षेत्रमा उल्लेखनीय काम गरेको भनी प्रसंसापत्र प्रदान गरेर सम्मान गरेको थियोे । कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कडेल, मानव… पुरा पढौ

२ डिपार्टमेन्टल स्टोरमा अनुगमन: म्याद गुज्रिएका वस्तु नष्ट

बागलुङ बजारमा अनुगमन गरिएको छ । बजारमा २ भटा ठुला डिपार्टमेन्ट स्टोरमा दैनिकी उपभोग्य वस्तुहरुको कृतिम अभाव हुनबाट रोक्न र म्याद नागेका बस्तुहरुको बिक्रीवितरण रोक्नकालागी बजार अनुगमन गरिएको हो । शिव शिखर बहुउद्देश्यीय सहकारी द्वारा सञ्चालित गार्डनमार्ट डिपार्टमेन्टल स्टोर र गोल्डेनगेट सपिङ्ग सेन्टरमा अनुगमन गरिएको राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलको नेतृत्वमा गरिएको अनुगमनमा खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङ, घरेलु तथा साना उद्योग कार्यालय, राष्ट्रिय… पुरा पढौ

लायन्स क्लबद्वारा वृक्षारोपण सम्पन्न

सामाजिक सेवाको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ धाैलागिरि बागलुङले बागलुङ नगरपालिका वडा नम्बर ३ कैलामपाेखरी परिसरमा वृक्षरोपण गरेको छ। वातावरण संरक्षण गर्ने उदेश्यले अन्तर्राष्ट्रिय मान्यता अनुरूप लायन्स क्लब अफ धाैलागिरि बागलुङले लायन्स क्लब अफ बागलुङ सिटी ,लायन्स क्लब अफ बागलुङ मुक्तिनाथ ,लायन्स क्लब अफ ब्यु सीप संग संयुक्तरूपमा विभिन्न धुपी सला ,लगायतका बिरुवा राेपिएको हो । कार्यक्रममा लायन्स क्लब अफ धाैलागिरिका पुर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी ,लायन्स क्लबका रिजन चेयरपर्सन तालबहादुर कुवर लायन्स क्लब बागलुङका पुर्व… पुरा पढौ

विद्युत अनियमित हुँदा बागलुङका सेवाग्राही मर्कामा

बागलुङमा नेपाल विद्युत प्राधिकरणले वितरण गर्दै आएको विद्युत अनियमित हुँदा उपभोक्ता मारमा परेका छन् । पटकपटक जाने हुँदा उपभोक्ताको दैनिकी असहज भएको छ । नेपाल लोडसेडिङमुक्त भनिए पनि गण्डकी प्रदेशको दोश्रो व्यापारिक केन्द्रका नागरिकले त्यसको अनुभूति गर्न पाएका छैनन् । जसले बागलुङवासी पुरानै नियति खेप्न बाध्य छन् । विद्युत अनियमित हुँदा उपभोक्ताले हैरानी खेप्नु परेको छ । बत्ति कतिखेर आउँछ जान्छ थाहा नै हुँदैन, उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले भने, ‘विद्युत हुनु र नहुनुमा फरक छैन ।’ झ्याप्पझ्याप्प… पुरा पढौ

५० हजार रुपैयाँ घूससहित इन्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माणमा संलग्न एक इन्जिनियरलाई ५० हजार रुपैयाँ घूससहित शुक्रबार पक्राउ गरेको छ । आयोगका अनुसार रोल्पाको गंगादेव गाउँपालिकाका कार्यालयका इन्जिनियर नविन डाँगीले मोटरबाटो निर्माण योजनाका नापी किताब, बिल तयार गरिदिएवापत सेवाग्राहीसँग घुस रकम लिएका हुन् । इन्जिनियर घूस लिएको सूचना पाएपछि आयोगको नेपालगञ्जबाट खटिई गएको टोलीले नविन डाँगीलाई सेवाग्राहीसँग ५० हजार घूस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । उक्त घुस रकमसहित गंगादेव गाउँपालिका–२ स्थित स्वास्थ्य शाखाको भवनमा निवास बनाएका डाँगीलाई नियन्त्रणमा लिएको हो । उनीमाथि… पुरा पढौ

बिद्यार्थी कुट्ने प्रिन्सिपल पक्राउ

प्रहरीले बागलुङ जिल्लाको एक बिद्यालयका प्रिन्सिपललाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको पश्चिम बुर्तिबाङ बजारमा रहेको न्यू मोर्डन एकेडेमीका प्रिन्सिपल दिपक कुँवरलाई आफ्नै बिद्यालयको बिद्यार्थीलाई कुटेको आरोपमा पक्राउ गरेको हो । प्रिन्सिपल कुँवरको कुटाइबाट कक्षा ९ मा अध्ययन गर्ने तमानखोला गाउँपालिका वडा नम्बर २ भयरबोङ्गाका १५ वर्षीय हिक्मत विक असार २२ गते गम्भीर घाइते भएका थिए । घाइते विकको शरिरमा चोट नभए पनि टाउको र शरिरका विभिन्न अंगहरुमा निलडाम छन् । टाउकोमा ठूलो चोट पुगेको हुँदा उनलाई रिगंगटा लागेर उठ्न… पुरा पढौ

प्रधानमन्त्रीलाई ज्योतिषले घुमाइदिएपछि चुनाव मङ्ग्सिर ४ गते आइतवार

सरकारका निर्णयहरु संविधान, कानून,विधि-विधान र स्थापित मूल्य मान्यताका आधारमा हुन्छन्,हुनुपर्छ । अझ निर्वाचनको मिति तोक्नेजस्तो संवेदनशील विषयमा निर्णय गर्दा त सरकारले आम सहमतिसमेत जुटाउनुपर्ने हुन्छ । तर,ज्योतिष विद्यामा असाध्यै विश्वास गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावको मितिका सम्बन्धमा निर्वाचन आयोगको सिफारिसलाई लत्याएर ज्योतिषीको भर परेपछि आसन्न संघ तथा प्रदेशको चुनाव कहिले गर्ने भन्नेमा बालुवाटारमा लामै गन्थन भएको छ । निर्वाचनको तयारीबारे सरकारलाई जानकारी गराउन प्रधानमन्त्रीको निमन्त्रणामा हिजो बालुवाटार पुगेको प्रमुख आयुक्त दिनेश थपलियासहित आयोगका पदाधिकारीहरुको टोलीले मङ्सिर २ गते एकै चरणमा… पुरा पढौ

कृषि हाटबजार भवन प्रयोगबिहिन

राजेशचन्द्र राजभण्डारी बागलुङ – स्थानीय कृषि उत्पादनलाई संकलन गरी बिक्री गर्न सहज होस् भन्ने उदेश्यले ठूलो तामझामका साथ संचालित बागलुङ बजारमा निर्माण गरिएकोे कृषि हाटवजार स्थल प्रयोगबिहिन भएको छ/ बागलुङ नगर क्षेत्रका आम उपभोक्ता लाई सहजरूपमा ताजा तरकारी उपलब्ध गराउने उदेश्यका साथ बागलुङ नगरपालिका,कृषि ज्ञान केन्द्र ,बागलुङ उद्योग बाणिज्य संघको सहयोग तथा सहजीकरणमा बागलुङ नगरपालिका वडा नम्बर ३ गुठीमा निर्माण गरिएको कृषि हाट तथा थाेक बजार प्रयोग बिहिन हुन पुगेको छ । कृषि हाट तथा थोक बजार व्यवस्थापन समितीकाे संचालन… पुरा पढौ

नक्कली डाक्टर प्रहरीको फन्दामा

प्रहरीले किर्ते सहि गरि स्वास्थ्य परिक्षणको प्रमाणपत्र बेच्ने एक जनालाई पक्राउ गरेको छ । यातायात व्यवस्था कार्यालय बागलुङ सँग सम्झौता गरि स्वास्थ्य परिक्षणको प्रमाणपत्र बेच्ने अनुमानि पाएको शंकर पोलिक्लिनिकबाट डाक्टरको क्रिर्ते हस्ताक्षर गरि निरोगिताको प्रमाणपत्र बेच्दै गरेको अवस्थामा नवलपरासी (पुर्व) जिल्लाको कावासोती नगरपालिका–९ बस्ने बर्ष २१ का गणेश भण्डारी र उक्त पोलिक्लिनिकका डाक्टर राम अर्याललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो । बुधबार दिउँसो डाक्टर अर्याल खानाखान गएको बेलामा भण्डारीले सेवाग्राहीलाई… पुरा पढौ