सरप्राईज चेकिङमा ५२ वटा सवारीसाधन कार्वाहीमा

-


     हिडन खबर    
     मंसिर १६ गते २०८० मा प्रकाशित


बागलुङ ,सवारी दुर्घटनालाई न्यूनिकरण गर्नको लागि बागलुङ जिल्लाका विभिन्न स्थानहरुमा ट्राफिक प्रहरी सहितको संयुक्त टोली परिचालन गरी सरप्राईज चेकिङ गरियो ।सवारीसाधन चेकिङमा ट्राफिक नियम उल्लंघन गर्ने ५२ वटा सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।ट्राफिक कार्वाही बाट ३२ हजार ५ सय जरिवाना बापत राजस्व संकलन गरेको छ ।

बागलुङ न.पा. ०१ मालढुङ्गा र कालिका मन्दिर , बागलुङ न.पा. ०५ तिनतले, काठेखोला गा.पा. ०२ अक्षेते बजार,काठेखोला गा.पा. ०५ बिहुपोखरा,जैमिनी न.पा. ०१ कुश्मिसेरा बाजार,बागलुङ न.पा. १४ पानिट्याङकी, ढोरपाटन न.पा. ०१ बुर्तिबाङ बजारफ, बडिगाड गा.पा. ०५ खारा बजार, गलकोट न.पा. ०३ जिपपार्क, र बडिगाड गा.पा. ०२ हाडिखोलामा सरप्राइज चेकिङ गरेको थियो ।