कालीका मन्दिर गेट देखि सरसफाई

-


     हिडन खबर    
     मंसिर १६ गते २०८० मा प्रकाशित


बागलुङ ,भ्रष्टाचार बिरूद्व नागरिक निगरानी संस्थाकाे आयोजनामा कालीका भगवती मन्दिर गेट देखि मालढुंगा सम्म सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर गेट देखि मध्यपहाडी राजमार्गकाे मुख्य प्रवेशद्वार सम्म निगरानी संस्था, गुठी युवा क्लब ,जुन तारा मिडिया इलाका खबरका पदाधिकारी लगायतका ब्यक्तिहरूलकाे सहभागीतामा सरसफाइ गरेको भ्रष्टाचार बिरूद्व नागरिक संस्थाका उपाध्यक्ष एक बहादुर केसीले बताए ।

बागलुङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई
बागलुङ सफा र सुन्दर छ भन्ने पहिचान बनाउनकाे लागि आफुहरूले सरसफाइ अभियान संचालन गरेको
केसीले बताए ।आगामी दिनहरूमा पनि विभिन्न सामाजिक संघसंस्था संग सहकार्य गरेर सरसफाइ कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको केसीले बताए ।