सरसफाई कार्यक्रम सम्पन्न

-


     हिडन खबर    
     मंसिर १६ गते २०८० मा प्रकाशित


बागलुङ ,कर्मचारी मिलन केन्द्र बागलुङको आयोजना र बागलुङ नगरपालिकाकाे समन्वयमा कालीका भगवती मन्दिर गेट अगाडि सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयका कर्मचारीहरु, जनप्रतिनिधीहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, पत्रकार, सामुदायिक प्रहरी सेवा केन्द्र, बुद्धिजिवी, विभिन्न क्लव तथा संघ संस्था लगायत स्थानिय बासिन्दाहरुको उपस्थितीमा बागलुङ बा.न.पा.-१ स्थित बागलुङ कालिका मन्दिर गेट अगाडी गाडी पार्किङ एरिया, बाटो, नाली र बगैँचा वरिपरी सरसफाई गरिएको थियो ।