समाचार

फाेरम फर हेल्थ एण्ड टेक्निकल साइन्सले शुल्क समायोजन गर्न ध्यानाकर्षण पत्र सिटिइभिटिमा बुझायो

काठमाडौं ,जेठ २ फाेरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका महासचिव निर्मल सापकोटाले प्राविधिक शिक्षा तथा ब्यवसायीक तालिम परिसर सिटिइभिटिमा शुल्क समायोजन बारे ध्यानाकर्षण पत्र बुझाउनुभएकाे छ । प्राविधिक शिक्षा तथा ब्यवसायीक तालिम परिसर बाटसम्बन्धन लिइ निजी स्तरमा संचालित स्वास्थ क्षेत्रका विभिन्न बिषयका मापदण्डअनुसार जम्मा ४० सिट भर्ना क्षमता मध्य ४ (१० प्रतिशत ) निशुल्क छात्रवृत्ति उपलब्ध गराइ बाकी रहेको ३६ सिटमा भर्ना हुने बिद्यार्थीहरूबाट लिने शुल्कमा एकरूपता ल्याउन शैक्षिकसत्र २०६८ बाट प्रमाणपत्र तहकाे नर्सिङ तर्फ ३ लाख ९६ हजार मात्र… पुरा पढौ

विद्युत् व्यापारका क्षेत्रमा नेपालले नयाँ इतिहास कायम गर्ने

सङ्खुवासभा, २२ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि बढीरहेको बताउँदै विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताउनुभएको छ । अरूण–३ जलविद्युत परियोजनाको ब्रेक–थ्रु कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ऊर्जा क्षेत्रको प्रवर्द्धनका लागि सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने पर्याप्त प्रावधान ल्याएको बताउनुभयो । “विद्युत प्रसारण लाइन निर्माण र वितरण कार्यमा निजी क्षेत्र समेत सहभागी हुनेगरी कानुनी प्रबन्ध गर्ने, जलाशययुक्त जलविद्युत आयोजनामा बाँध र विद्युत गृह… पुरा पढौ

स्वास्थ स्वयंसेवीकालाइ पुनर्ताजगी तालिम सम्पन्न

बागलुङ /स्वास्थ्य कार्यालय बागलुङको आयोजना तथा गलकोट नगरपालिकाको समन्वयमा संचालन भएको महिला सामुदायिक स्वास्थ्य स्वयंम सेविकाको पुनर्ताजगी तालिम सम्पन्न भएको छ। गलकोट नगरपालिका वडा नम्बर १,२ र ३ का २९ जनामहिला स्वयंसेविकाकाे सहभागिता रहेको तालिमको सहजीकरण स्वास्थ्य कार्यालय बागलुङकी पब्लिक हेल्थ नर्सिङ निरक्षक सीमा कुँवर , गलकोट नगरपालिका स्वास्थ्य शाखामा कार्यरत अ.न.नि रिमा बोसेल, जनस्वास्थ्य निरिक्षक अनिता कार्की,सिनियर अनमी माधवी शर्मा लगायतका प्रशिक्षकहरुद्वारा सहजीकरण गरिएको थियो। गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत शुशील पौडेलले सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएकाे… पुरा पढौ

‘विश्वकपमा गएको नेपाली टिमलाई प्रधानमन्त्रीकाे सफलताको शुभकामना

काठमाडौ /प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिश्व कप क्रिकेट खेलका लागि गएको नेपाली खेलाडी टिमलाईशुभकामना दिनुभएको छ । प्रधानमन्त्री दाहालले एक दशकपछि आज नेपाली क्रिकेट टिम विश्वकपमा खेल्दैछ, यसले नेपालको गौरव थप बढाएको छ, विश्वको ध्यान नेपालतर्फ खिचिएको बताउनुभएको छ । देशको प्रतिष्ठा बढाउन निरन्तर मेहेनत, सङ्घर्ष र सफलता प्राप्त गरेकोमा नेपाली क्रिकेट टिमप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। मेरो नेतृत्वको सरकारले खेल क्षेत्रको विकास र खेलाडीहरूको प्रोत्साहनका लागि निरन्तर महत्वपूर्ण निर्णयहरू गरी कार्यान्वयन गर्दै आइरहेको धारणा समेत ब्यक्त गर्नुभएको छ। सगरमाथा… पुरा पढौ

काठमाडौंकाे टुँडिखेलमा बिश्वकप क्रिकेट लाइभ देखाइने

काठमाडौँ महानगरपालिकाले विश्वकप क्रिकेटमा नेपालको खेल लाइभ देखाउने भएको छ । महानगरले काठमाडौं टुँडिखेलमा नेपालको सबै खेल लाइभ देखाउने भएको हो । टी–२० विश्वकपमा नेपालले भोलि राति ९ः१५ बजे नेपालले नेदरल्यान्ड विरूद्व खेल्दै छ ।महानगरले आयोजना गरेको उक्त कन्सर्टसहितको विश्वकप लाइभमा मेयर बालेन शाह पनि उपस्थित हुनेछन् । टुँडिखेलमा साँझ ५ बजेदेखि प्रवेश दिइने महानगरले जनाएको छ । त्यस्तै टुँडिखेलमा सांस्कृतिक कार्यक्रमको साथै खाजा खानाको पनि व्यवस्था गरिएको छ । दर्शकहरू सबैलाई निशुल्क प्रवेश गराइने पनि महानगरले जनाएको छ । पुरा पढौ

‘पूर्ण बहादुरको सारङ्गी’मा विजय र बुद्धि

काठमाडौं । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारहरूको लाइनअप बलियो बनेको छ । यो फिल्ममा कलाकार विजय बराल अनुबन्धित भएका छन् । निर्माण पक्षले विजयसँगै बुद्धि तामाङलाई पनि अनुबन्धित गराएको छ । यस अघि फिल्मकालागि मुख्य भूमिकामा गायक तथा कलाकार प्रकाश सपूत र मुकुन भुसाल अनुबन्धित गराएको थियो । यस्तै, अभिनयका कारण चिनिँदै आएका कलाकार विनोद न्यौपाने, कलाकार भोला राज सापकोटा र देशभक्त खनाललाई पनि निर्माण टिमले अनुबन्धित गराएको थियो । फिल्मको मुख्य नायिकामा अञ्जना… पुरा पढौ

दलित समुदायको अधिकार प्रवर्द्धनका लागि दलित विकास प्राधिकरण : प्रधानमन्त्री

काठमाडौँ, २१ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको संवैधानिक र कानुनी अधिकार संरक्षण र सम्वर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा दलित विकास प्राधिकरणको संस्थागत विकासको व्यवस्था गरिएको बताउनुभएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको सन्दर्भमा आज यहाँ आयोजित ‘छुवाछूतमुक्त राष्ट्र घोषणा : अवसर, कार्यान्वयन र चुनौती’ विषयक अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले दलित समुदायको अधिकार सुनिश्चित गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभयो । “दलित विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनका लागि गरीब तथा जेहेन्दार छात्रवृत्ति कार्यक्रम… पुरा पढौ

बालेनले ओलीलाई भने – गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु ,

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई झापा गिरिबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं’ भनेर लिएको पीडितको बैना फिर्ता गर्न आग्रह गरेका छन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले १० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउन उनले ओलीलाई आग्रह गरे । उनले लेखेका छन् ‘ झापा गिरिबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं’ भनेर थम्थमाउनु भएछ। गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई… पुरा पढौ

ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा नखटाउन सर्वोच्च अदालतकाे अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयंसेवकको रुपमा सडकमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । गृहमन्त्री लामिछानेले महिला ट्राफिक प्रहरीलाई महिनावारी भएको चार दिन ड्युटी गर्न नपर्ने भन्दै सवारी व्यवस्थाका लागि आवश्यक जनशक्ति ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई स्वयंसेवा गराएर पूर्ति गर्ने बताएका थिए ।अदालतको आदेश पछि ट्राफिक प्रहरीले देशभर गर्दै आएको काम बन्द भएको छ । पुरा पढौ

बागलुङ जिल्लाका १० वटा स्थानीय तहकाे बजेट विनियोजन

बागलुङ जिल्लाको १० वटा स्थानीय तहलाई संघीय सरकारले आर्थिक बर्ष २०८१/८२ काे लागि बजेट बिनियाेजन गरेको छ । बागलुङ जिल्लाको ४ वटा नगरपालिका मध्य बागलुङ नगरपालिका १ अरब १९ कराेड ६६ लाख ,गलकाेट नगरपालिका ४९ कराेड ८ लाख ,जैमुनी नगरपालिका ५२ करोड ७९ लाख,ढाेरपाटन नगरपालिका ५० कराेड ४७ लाख रूपैयाँ विनियोजन गरेको छ । यस्तै बागलुङ जिल्लाको ६ वटा गाउँ पालिका मध्य काठेखाेला गाउँ पालिका ४३ करोड ६लाख ,बडिगाड गाउँ पालिका ५३ करोड ६४ लाख ,ताराखाेला गाउँ पालिका २४ करोड… पुरा पढौ