काठमाडौं / नेकपा(माओवादी केन्द्र) को पदाधिकारी बैठक अहिले खुमलटारमा बसिरहेको छ । बैठकमा अविरल वर्षा,बाढीपहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल भैरहेको माआेवादी केन्द्रले जनाएको छ ।
राजधानी लगायत देशको विभिन्न भागमा अविरल बर्षाले पुर्याएकाे जनधनको क्षति बाढीपीडित जनतालाई तत्काल राहत कसरी पुर्याउन सकिन्छ भन्ने बारेमा बैठकमा छलफल हुने माआेवादी केन्द्रले जनाएको छ