बागलुङ जिल्ला गलकाेट नगरपालिका वडा नम्बर ५ दरमखाेलामा एकजना बृद्व ब्यक्ति मृत फेला परेको छ ।
गलकाेट नगरपालिका वडा नम्बर ५ हरिचाैर बस्ने बर्ष ७५ का माेतिलाल बिक खाेला किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बागलुङमा असाेज १३ गते १२ बजे घर बाट निस्कि हिडेकाे साँझसम्म घर फर्किएर नआएको भन्ने जानकारी निजको गराएको खाेजतलास गर्दा घर देखि २ किलोमिटर टाढा मृतकको माेवाइल हाप काेट लाैराे र घडी फेला परेको जानकारी गराएपछि प्रहरी टाेलीले खाेजतलास गर्दा विकको लास फेला पारेको प्रहरीले जनाएको छ ।
घटनाको मुचुल्का उठाइ शव पाेष्टमार्टमकाे लागि गलकाेट नगर अस्पतालमा पठाएको घटनाको अनुसन्धान शुरू गरेको प्रहरीले जनाएको छ ।