कास्की / कुनै समय यस्तो थियो, पल्टनबाट लाहुरे दाइ छुट्टीमा आउँदा हेर्नेको गाउँभर भीड लाग्थ्यो ।
सोह्र वर्ष पुगेका कति ठिटीहरू मनभरि लाहुरेलाई सजाउँदै चोलीको तुनामा फूल बाँधेर पर्खन्थे । कति त लाहुरेनी हुन रातभर ननिदाई छटपटिन्थे यसाे त हङकङ र सिङगापुरका लाहुरेहरूलाई खुब मन पराईन्थियाे यस्तै यस्तै परिवेश लाई समेटेर तयार पारीएकाे लाेक दाेहाेरी गायक डाेलराज परियार गायिका निरू श्रीष मगरकाे “लाहुरे मलाएकाे” गीत सार्वजानीक गरिएकाे छ ।
गीतमा लाहुरेले मन पराएकी यूवतीको कुरा बोलेको छ भने युवतीले हङकङ र सिङगापुर जान भाग्यमा नलेखेकाे कुरा व्यक्त गरेकी छिन ।
चर्चित बरिष्ठ गायक राजु परियारकाे संगित गायक डाेलराज परियारकाे शब्द रहेकाे गितमा गायिका निरू श्रीष मगर र गायकद्वय डाेलराज परियारकाे आवाज रहेकाे छ ।
मुकेश नेपालीकाे निर्देशन राजेश घिमिरेकाे छाँयाङकन र नवीन घर्ती मगरकाे सम्पादनमा रहेकाे गीतकाे म्युजिक भिडियाेमा चर्चित डान्सर बिजय पुन,जश्मिन थापा मगर,रयन बस्याल र बिरा घर्ती मगरकाे दमदार नृत्य रहेकाे छ ।
भिडियाे डाेलराज परियार अफिसियल युटुब च्यानलबाट सार्वजानि गरिएकाे छ ।