
कास्की / पोखरामा सम्पन्न राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको २४ औं केन्द्रिय साधारण सभामा कास्कीका अध्यक्ष सम्मानित भएका छन् ।
संस्था प्रती गरेको इमान्दारीता र संस्थालाई अघि बढाउन असल नेतृत्वकारी भुमिका संगै कार्य क्षमताको आधारमा नेपालकै सर्बोत्कृष्ट जिल्ला अध्यक्षको रुपमा लाेक तथा दाेहाेरी गित प्रतिष्ठान कास्किका अध्यक्ष लाेक दाेहाेरी गायिका तुलसी क्षेत्रि सम्मानित हुनु भएकाे हाे।
प्रतिष्ठानले बर्ष भरीकाे कार्य सम्पादनका आधारमा पाेखरामा आयाेजित लाेक दाेहाेरी गित प्रतिष्ठान नेपालकाे २४औं केन्द्रीय वार्षिक साधारणसभा, विधान अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रमको उद्घाटन समारोहमा सम्मान गरिएकाे थियाे।
सम्मान ग्रहण गर्दे गायिका तुलसी क्षेत्रीले थप जिम्मेबार थपिएकाे महसुस गर्दे यस सम्मानले मलाई अझै अगाडि बढ्न हौसला र आत्मबल पुगेको महसुस गरेकी छु भन्दै प्रतिष्ठानलाई धन्यबाद दिएकी छिन् ।









