समाचार

प्रधानमन्त्रीद्वारा कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन

धनुषा, १२ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको आज उद्घाटन गर्नुभएको छ । सिराहा नगरपालिका वडा नं १३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका वडा नं ६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको प्रधानमन्त्रीले उद्घाटन गर्नुभएको हो ।करिब रु २५ करोड ८० लाख र कार्यालयबाट उपलब्ध गराइएको रु तीन करोड ५ लाख बराबरको लठ्ठा र बुल्डग ग्रिप्सको लागतमा सम्पन्न भएको सो झोलुङ्गे पूलको भारवहन क्षमता ५४० मेट्रिक टन (करिब ३८८६ पदयात्री) रहेको छ ।… पुरा पढौ

तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री

फागुन १२, काठमाडौं। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताउनुभएको छ। शनिबार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, ''बजेटमा कनिका छर्ने तरिकाले विकास र समृद्धि हासिल गर्न सकिँदैन। अलि रणनीतिक महत्वका योजना मात्र सङ्घमा राख्छौं। तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहले नै गर्छन्। बजेटको क्षेत्र… पुरा पढौ

बागलुङ गल्कोट नगरपालिका कार्यालयद्वारा अस्थाई ट्राफिक प्रहरी पोष्ट हटियालाई प्रिन्टर र कम्युटर हस्तान्त्रण

बागलुङ / जिल्ला ट्रफिक प्रहरी कार्यलय मातहत रहेको अस्थाई पोष्ट हटियालाई एक थान प्रिन्टर र एक थान कम्युटर हस्तान्त्रण गरेको छ । पौष महिनाबाट गण्डकी प्रदेशको बागलुङ सहितका ७ जिल्लामा सुरु भएको सवारी नियम उल्लंघन कसुरमा भराउने सबै प्रकारका जरिवानावापतको राजस्वलाई बैंकिङ प्रणालीमा जोडेकोले त्यसको सहजताको लागि प्रिन्टर र कम्युटर सहयोग गरिएको नगरपालिकाले जनाएको छ । ट्राफिक कार्यालय बागलुङले सवारी नियम उल्लंघन कसुरमा भराउने सबै प्रकारका जरिवानावापतको राजस्वलाई बैंकिङ प्रणालीमा जोडेकोले सो सहयोगले सवारी नियम उल्लंघनको जरिवानावापतको रकम बैकिङ प्रणालीबाट… पुरा पढौ

सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा नै समाजवादको यात्रा : प्रधानमन्त्री

काठमाडौँ, ११ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा भनेर सुरु गरिएको यात्रा समाजवादको यात्रा भएको बताउनुभएको छ । तेइसौं मजदुर बलिदान दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गरेर मात्र समाजवादको आधार तयार हुने बताउनुभयो । “गरीब एवं किसानको हकअधिकार स्थापित नहुँदासम्म समाजवाद आउन सक्दैन, सबैले आफ्नो क्षमताअनुसारको काम गर्ने कामअनुसारको दाम पाउने अवस्था आउनुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “त्यसकारण सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा एकअर्कामा अभिन्न रुपले जोडिएका… पुरा पढौ

लघुवित्त पीडितको बालुवाटार लक्षित आन्दोलन जारी

काठमाडौ / काठमाडौंमा जम्मा भएका लघुवित्त पीडितहरुले आज पनि बालुवाटार लक्षित आन्दोलन गर्ने भएका छन् । मित्र पार्कको चौरमा बसेका लघुवित्त पीडितहरुले दिउँसो एक बजे बालुवाटार क्षेत्रमा प्रदर्शन गर्ने वित्तिय शोषणविरुद्धको संघर्ष समितिले जनाएको छ । यसै हप्ता काठमाडौं आइपुगेका लघुवित्त पीडितहरु चिसोका कारण अधिकांश बिरामी परेका छन । लघुवित्त पीडितहरुले ऋण मिनाह, लघुवित्त संस्था खारेजीलगायत केही राजनीतिक मागसमेत लिएर प्रदर्शन गरिरहेका छन् ।सरकारले केही महिना अघि लघु बित्त पीडित संग बसेर छलफल गरि माग पुरा गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन… पुरा पढौ

त्रिभुवन बिश्वबिद्धालयकाे उपकुलपतिमा केशरजंग बराल नियुक्त

पोखरा । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्राडा केशरजंग बराल नियुक्त भएका छन् । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बराललाई उपकुलपति नियुक्त गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले उपकुलपति सिफारिसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वमा समिति गठन गरेका थिए । समितिले चित्रबहादुर बुढाथोकी, बराल र टंकनाथ धमलाको नाम सिफारिस गरेकोमा बराल छानिएका हुन् । उपप्राध्यापकको रुपमा महेन्द्र मोरङ क्याम्पसबाट अध्यापन सुरु गरेका बराल २०६४ मा पोखरा विश्वविद्यालयको उपकुलपति भएका थिए । लामो समयकाे रस्साकस्सी पछि त्रिभुवन बिश्वबिद्धालयमा… पुरा पढौ

अनन्तश्री ब्रम्हाण्डीय महायज्ञ र ५५५५ केजीको मुक्तिनाथ महाघण्टा राष्ट्रपति रामचन्द्र पाैडेलद्वारा उद्घाटन

गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र  बागलुङ पञ्चकोटमा हुने अनन्तश्री ब्रम्हाण्डीय महायज्ञकाे दाेस्राे  दिन नेपालका महामहिम राष्ट्रपति रामचन्द्र पाैडेलले एक भब्य समारोह बिच पन्चकाेटधाममा उद्घाटन गरे ।  गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्रकाे रूपमा रहेको बागलुङ नगरपालिका वडा नम्बर ६ मा अवस्थित श्री सर्वसिद्विधाम पन्चकाेटमा अनन्त श्री ब्राह्मण्डीय महायज्ञकाे दाेस्राे दिन राष्ट्रपति रामचन्द्र पाैडेलले एक भब्य समारोह बिच उद्घाटन गरे । अनन्त श्री ब्राह्मण्डीय महायज्ञमा २१ हजार ५ सय ५५ क्विन्टल धान संकलन गर्ने लक्ष्य साथ शुरूवात भएको महायज्ञ सर्वसिद्विधाम… पुरा पढौ

जलजला गाउँपालिकाले जेष्ठ नागरिकलाई पञ्चकोट भ्रमण लैजाने

पर्वत / पर्वतको जलजला गाउँपालिकाले जेष्ठ नागरिकलाई निशुल्क धार्मिक भ्रमण लैजाने तयारी गरेको छ । बागलुङको पञ्चकोटमा बुधबारवाट सुरु भएको अनन्त श्री ब्रमान्डीय महायज्ञमा जान चाहने जेष्ठ नागरिकहरुलाई निशुल्क धार्मिक भ्रमण गराउने भएको हो । मंगलबार बसेको कार्यपालिका बैठकले ९ वटै वडाका ७० वर्ष माथीका जेष्ठ नागरिकलाई पञ्चकोट भ्रमण लाने निर्णय गरेको थियो । भ्रमणमा जान चाहने ७० वर्ष उमेर पुगेका नागरिकको विवरण तयार गरी फागुन १३ गते भित्र पालिकामा पठाउन सबै वडा कार्यालय लाई परिपत्र गरेको छ । फागुन… पुरा पढौ

प्रधानमन्त्री र सहकारी पीडित बिच कुनै पनि वार्ता र छलफल नभएको भन्दै सहकारी बचत कर्ता राष्ट्रिय अभियानकाे ध्यानाकर्षण

काठमाडौ / प्रधानमन्त्री संग सहकारी पीडितकाे छलफल नभएको भन्दै सहकारी बचत कर्ता राष्ट्रिय अभियानले एक विज्ञप्ति प्रकाशित गरि खबरकाे खण्डन गरेको छ । सहकारी बचत कर्ता राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसीले बुधबार एक विज्ञप्ति मार्फत सरकार संग आज सहकारी पीडितहरूकाे कुनै वार्ता छलफल नभएको भन्दैखबरकाे खण्डन गरेको छ । लघुवित्त पीडित र सहकारी पीडित संग बुधबार भेटघाट भएको भनेर आएको खबरमा कुनै सत्यता नभएको हुदा सहकारी पीडितहरूलाइ भ्रमण नपर्न अनुरोध गर्दै आफ्नो आन्दोलन जारी रहेको जनाएको छ । सहकारी पीडितलाई… पुरा पढौ

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री प्रचण्डलाई ४० बुँदे ज्ञापनपत्र बुझाएर आन्दोलनमा

काठमाडौ / राष्ट्रिय प्रजातन्त्र पार्टीको आज बाट सडक आन्दोलन सुरु गरेको छ । भृकुटीमण्डपबाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन , ज्ञानेन्द्र साही रबिन्द्र मिश्र लगायतका अन्य नेता तथा कार्यकर्ताको उपस्थितिमा प्रधानमन्त्रीलाई ४० बुदे माग सहित ज्ञापन पत्र बुझाइ आन्दोलनको घाेषणा गरेका हुन् । बुधबार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको केन्द्रीय प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री प्रचण्डले भेटघाट गर्नु भएको थियो । राप्रपाले आफ्ना मुद्दाहरू लिएर सङ्घर्ष जाने निर्णय गरेकोप्रति मेरो भन्नु केही छैन” प्रधानमन्त्रीले भन्नुभयो, “तपाईहरूको सङ्घर्ष शान्तिपूर्ण होस्, हामी शान्तिप्रक्रिया… पुरा पढौ