
बागलुङ ,जेठ ३ / नेपालकाे प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर गुठी ब्यवस्थापन समिति बागलुङले जेठ महिनाको आम्दानी खर्चको हिसाबकिताब सार्वजनिक गरेको छ ।
कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा बसेकाे बैठकले बागलुङ कालीका भगवती मन्दिर दर्शन गर्न आउने श्रद्वालु भक्तजन लाइ बास बस्नकाे लागि बागलुङ नगरपालिका १ मालढुंगा देखि माथि
धर्मशाला निर्माणकाे लागि डिपिआर तयार गर्ने निर्णय गरेकाे छ ।
जेठ महिनाको आम्दानी तर्फ भक्तजनले मन्दिरमा चढाएको भेटी ११ लाख ९६ हजार २ सय ६५ रूपैयाँ ,चामल बिक्री बाट ९ हजार रूपैयाँ बाेकाकाे टाउको बाट ११ हजार ९ सय रूपैयाँ ,कुखुरा बाट ९ सय राँगो बाट ३ हजार ६ सय ,सटर भाडा ३ लाख ६ हजार ४ सय रूपैयाँ ,विवाह बाट १ हजार ,
आर्थिक सहयोग बापत ५६ हजार ६ सय ८३ रूपैयाँ परेवा बिक्री बाट २ लाख ४० हजार ७ सय ५० रूपैयाँ र पण्डित बाट ४ सय गरि १८ लाख २६ हजार ६ सय ९८ रूपैयाँ आम्दानी गरेको कालीका भगवती गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।
यस्तै कालीका भगवती गुठी ब्यवस्थापन समितिले जेठ महिनामा खर्च तर्फ कर्मचारीकाे तलबभत्तामा ४ लाख ३४ हजार ,बिधुतमा २९ हजार ५ सय ८० रूपैयाँ ,अतिथि सत्कारमा ४६ हजार ,उपहार ९ हजार ,पूर्वाधार तर्फ २ लाख ३६ हजार पुजा खर्चको ५५ हजार ,जग्गा ब्यवस्थापन १ लाख ५० हजार ,खाध्यान्न तथा आवास ५७ हजार र बिज्ञापनमा ५ हजार खर्च भएको अध्यक्ष खड्काले बताए ।
जेठ महिनामा कालीका भगवती गुठीले आम्दानी १८ लाख २६ हजार ६ सय ९८ रूपैयाँ खर्च १० लाख २१ हजार ५ सय ८० रूपैयाँ गर्दा गुठीले जम्मा ८ लाख ५ हजार १ सय १८ रूपैयाँ बचत गरेकाे गुठीले जनाएको छ ।
गुठी ब्यवस्थापन समितिले कालीका भगवती मन्दिरमा भएको आम्दानी खर्चको हिसाबकिताब नियमितरूपमा सार्वजनिक गर्दै आएको गुठीका काेषाध्यक्ष रामबहादुर खड्काले बताए ।










