जननिगरानी साप्ताहिकको सातौं वार्षिकोत्सव सम्पन्न

-


     हिडन खबर    
     असार ३ गते २०८१ मा प्रकाशित


बागलुङ /बागलुङको गुहेली युनिक संचार सहकारीबाट प्रकाशित जननिगरानी साप्ताहिक पत्रिकाको सातौं वार्षिकोत्सव सम्पन्न भएको छ ।

सातौं वार्षिकोत्सवको उद्घाटन गर्दै काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले संचार माध्यमहरुले गलत कामको खबरदारी गर्न छुटाउन नहुने बताउनु भयो । थापाले राम्रा कामको मात्र समाचार लेख्ने भन्ने होइन भन्दै नराम्रा काम भएको भएपनि खबरदारी गर्न आग्रह गर्नु भयो ।
संचारमाध्यम र पत्रकार कसैको झोले बन्न नहुने भन्दै आम नागरिकको विश्वास समेत पत्रकारितामा भएकोले सत्य लेख्न पत्रकार डरायो भने देशमा बेथिती, भ्रष्टाचार मौलाउने धरण राख्नु भयो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तिलक थापा,गाउँपालिकाका पूर्व अध्यक्ष अमर थापा, प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, वडा अध्यक्षहरु बिद्यापति शर्मा र लक्ष्मण पुन, राष्ट्रिय सहकारी बैंकका संचालक रामबहादुर जिसी, जिल्ला सहकारी संघकी अध्यक्ष हुमाकुमारी जिसी, दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष दिपक गौतम, नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, पत्रका महासंघ बागलुङका सचिव बिजय राना र प्रेस चौतारी बागलुङका अध्यक्ष सिर्जना पन्तले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम गुहेली संचार सहकारी संस्थाका अध्यक्ष खिमबहादुर कार्कीको अध्यक्षता, सचिव सूर्य थापाको स्वागत र सह–सचिव तारानाथ आचार्यको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अबसरमा पत्रिकालाई लेखनको माध्यमबाट सहयोग गर्ने पत्रकारहरु प्रकाश बराल, संगम घर्ति, सिर्जना पन्त, तारानाथ आचार्य, सुवास गौतम र काठेखोला गाउँपालिकाका प्रवक्ता टिका संगम विकलाई सम्मान गरिएको थियो ।

२०६४ सालमा काठेखोला गाउँपालिका–२ भीमापोखरामा स्थापना भएको गुहेली सञ्चार सहकारी संस्था लिमिटेडले जननिगरानी साप्ताहिक पत्रिका र खबरवे अनलाईन संचालन गर्दै आएको छ ।