लागू औषध दुर्ब्यसनी र साइबर अपराध सम्बन्धि प्रशिक्षण

-


     हिडन खबर    
     असार ३ गते २०८१ मा प्रकाशित


बागलुङ / टोल टोलमा नेपाल प्रहरी भन्ने नाराका साथ अगाडी बढेको जिल्ला प्रहरी कार्यलय बागलुङले श्रीकृष्ण आधारभूत बिद्यालयमा लागु आ‌ैषध दुर्वसनी तथा साइबर अपराध सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कंडेल, प्रहरी निरीक्षक प्रताब पौडेल, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दुर्गा बहादुर आचार्य सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य देबि प्रसाद पाठक लगायतको टोलिले बागलुङ नगरपालिका ५ मालिकामा रहेको बिधालयमा अध्ययनरत बिद्यार्थी शिक्षकहरूलाई लागू औषध दुर्ब्यसनी तथा साइबर अपराध सम्बन्धि प्रशिक्षण दिएको थियो ।

अहिले समाजमा बढ्दै गइरहेको अपराधका कारण यसले घर घरमा समस्या ल्याएको हुदा यसबाट कसरी सुरक्षित रहने भन्ने बारे गाउँ गाउँमा पुगेर प्रहरीले आफ्नो भुमिका निभाउनु सकारात्मक पक्ष भएको बिद्यालयका शिक्षकले बताए ।