गायिका दिलु सलामि मगरले ल्याईन रूरूकाे तीन मुखे पुल

-


     हिडन खबर    
     असार ३ गते २०८१ मा प्रकाशित


काठमाडौं / नेपाली काङग्रेसका प्रभावशाली नेता माननीय डा. चन्द्र भण्डारीकाे अनुराेधमा गायिका दिलु सलामी मगरले तिनमुखे पुलको गित बजारमा सार्वजानिक गरेका छन् ।

सांसद भण्डारीले गुल्मी पाल्पा र स्याङ्जा तीन वटा जिल्ला जोडिएको तिनमुखे पुल लगभग तीन बर्ष पहिला सम्पन्न भएको थियोे ।

त्यही सेराेफेराेलाई समेटेर गित निर्माण गर्न आग्रह गरेपछि उक्त गित बजारमा आएकाे हाे । जुन गितकाे म्युजिक भिडियाेकाे परिदृश्य पनि त्यही ठाउँमा भिडियो छायांकन गरिएको छ ।

जुन गितलाइ गुल्मीमा जन्मिई हाल हङकङ बसाेबास गर्दे आउनु भएका परोपकारी मनका धनी बरिस्ठ समाजसेवी ल्यापटेन कुल बहादुर बुढाथाेकिले निर्माण गर्नु भएको हाे । गायिका दिलु सलामी मगर र श्री बुढाथोकी मगरको आवाज राजु सुनामकाे संगित गायिका सलामि मगरकाे शब्दमा रहेकाे भिडियाेमा आनन्द गुरुङ र अन्जु गुरुङले अभिनय गरेका छन् ।

भिडियोको निर्देशन दिप गुरुङले गरेका छन् भने सिनेमाटोग्राफर विजय लामा र सम्पादन पदम सुवेदी रहेकाे छ । भिडियाे दिलु सलामि मगर अफिसियल युटुब च्यानलबाट सार्वजानिक भएकाे छ ।