समाचार

एक्काइसौं शताब्दीको जनवाद नयाँ ढंगले लागू गर्दैछुः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति निर्माणमा जनताको नियमन, निगरानी र हस्तक्षेप आवश्यक रहेकोमा जोड दिँदै आफूले एक्काइसौं शताब्दीको जनवादलाई फरक ढंगले लागू गरिरहेको बताउनुभएको छ। सोमबार दिउँसो जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समापनका निम्ति बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशद्वारा संयुक्त रूपमा आयोजित समीक्षा बैठकमा बोल्दै प्रधानमन्त्रीले आफूले शासन प्रणालीमा जनताको निगरानी र हस्तक्षेप लागू गर्न लागेको बताउनुभएको हो। बैठकमा नीति तथा कार्यक्रम र बजेटको परम्परागत ढाँचा बदलेर… पुरा पढौ

बागलुङ नगर खानेपानीकाे अध्यक्षका लागि ४ जनाको उमेदवारी कायम

बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाकाेपुस २८ गते हुने अधिवेशनकाे लागि ४ जनाले अध्यक्ष पदकाे लागि उमेदवारी दर्ता गराएकाेमा ४ जना कायमै रहेका छन् । संस्थाकाे नयाँ नेतृत्व हात पार्न बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका पुर्व अध्यक्ष केवी राना मगर ,भुपेन्द्र खड्का ,वर्तमान तदर्थ समितिका अध्यक्ष जयराम भारी ,र सुवास आचार्यले उमेदवारी दर्ता गरेका ४ जना नै कायमै रहेको  निर्वाचन संयाेजक चित्रांङ्गत बरालले बताए । यस्तै संस्थाका उपाध्यक्ष पदको लागि रतन प्रसाद श्रेष्ठ र हरिबहादुर जिसी(सन्तोष )सचिव… पुरा पढौ

सहकारी पीडितको समस्या सम्बोधन गर्ने ठोस प्रस्ताव ल्याउनुस्ः प्रधानमन्त्री

पुस २३, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सहकारीको समस्या सम्बोधन हुँदा लाखौं निक्षेपकर्ताहरू प्रताडित भएकोमा जोड दिँदै उक्त समस्याको व्यवस्थित समाधानको प्रस्ताव ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिनुभएको छ। सोमबार दिउँसो सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्रीले सो निर्देशन दिनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, “सहकारीको समस्या छिटो समस्या नगर्दा लाखौं निक्षेपकर्ता प्रताडित भएका छन्, उनीहरू घर न घाट भएका छन्। उनीहरूको समस्या कसरी सम्बोधन गर्ने ? त्यसबारे ठोस प्रस्ताव बनाएर ल्याउनुस्।”बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सहकारीको निश्चित सिलिङभन्दा माथिको नियमन नेपाल राष्ट्र बैंकले गर्नेगरि… पुरा पढौ

महशुल पनि उठ्ने, उद्योग पनि चल्ने बिकल्पमा जानुपर्छः प्रधानमन्त्री

पुस २३, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले ट्रङ्क र डेडिकेटेड व्यवसायीले विद्युत प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता पनि उठ्ने, उद्योग पनि चल्ने बिकल्पमा जानुपर्ने बताउनुभएको छ। सोमबार दिउँसो सिंहदरबारमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका मन्त्री, सचिव र अन्य पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। प्रधानमन्त्रीले अख्तियार, संसदीय समितिको समेत निर्देशनलाई मनन गरेर निष्कर्षमा पुग्नुपर्ने बताउँदै महान्यायधिवक्ताको कार्यालयको राय लिएर निष्कर्षमा पुग्नुपर्ने बताउनुभएको छ। बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, “संसदीय समिति र अख्तियारको निर्देशन पनि हेरौं। महान्यायधिवक्ता कार्यालयको राय पनि लिउँ। त्यसपछि बक्यौता… पुरा पढौ

चन्द्रागिरि नगरपालिका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं /चन्द्रागिरि नगरपालिकामा कार्यरत असिष्टेन्ट सव इन्जिनियर विजया लक्ष्मी पन्तलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको छ । चन्द्रागिरी नगरपालिका वडा नं. १४ वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सव–इन्जिनियर विजया लक्ष्मी पन्तले भवन निर्माण सम्पन्न भएको प्रमाण–पत्र दिने क्रममा सेवाग्राहीसँग २५,०००।– (पच्चीस हजार रुपैयाँ) घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले बताए । पन्तलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालत काठमाडौंमा भ्रष्टाचार आराेप पत्र दायर गरेको छ । पुरा पढौ

निर्देशक घनश्याम लामिछानेले आफ्नो आगामी रिलिज ‘चित्रा’लाई बाबुछोरीको सम्बन्धको सिनेमाका रुपमा मात्र बुझ्न नहुने बताएका छन्। 

बिहीबार भएको पत्रकार भेटघाटमा निर्देशक लामिछानेले आफ्नो सिनेमामा बाबुले छोरी बचाउन गर्ने संघर्षमात्र नभई सम्बन्ध, मित्रता, परिवारका उतारचढाव लगायतका कुरा समेटिएको बताए। 'बाबुछोरीको कुरा यो सिनेमामा एउटा बाटो हो यसका अलावा यसमा धेरै कुरा छन्', उनले भने। उनले 'चित्रालाई पूर्ण पारिवारिक सिनेमाका रुपमा बुझ्न आग्रह गरे। सिनेमाबाट सन्तोष अधिकारीले ४२ वर्षको उमेरमा अभिनेताका रुपमा सिनेमामा डेब्यू गर्दैछन्। उनले 'घर', 'आमा' लगायतका सिनेमामा सह-निर्माण गरिसकेका छन्। पत्रकारहरुले निर्देशक लामिछानेलाई अधिकारीलाई सिनेमामा खेलाउनुको कारण उनी निर्माता हुनु प्रमूख कारण हो भनी सोधेका… पुरा पढौ

साताै बागलुङ महाेत्सवमा प्रहरीद्वारा पत्रकार कुटिए

बागलुङ उद्योग बाणिज्यले धाैलागिरि बहुमुखी क्याम्पसकाे प्रांगणमा गरेको साताैं बागलुङ महाेत्सवकाे ११ आ‌ैं दिन प्रहरीबाट नेपाल पत्रकार महासंघका जिल्ला सचिव बिजय राना कुटिएका छन् । शनिबार राति १०.३० बजे महाेत्सव सकिएर बाहिर निस्कदै गरेका दर्शकहरूलाइ प्रहरी कुटिपिट गरेको फाेटाे खिचेकाे भन्दै पत्रकार रानाको माेवाइल नियन्त्रणमा लिनुका साथै कुटपिट गरेको भन्दै बागलुङ संचार संस्थाहरूले बिज्ञप्ति प्रकाशित गरि घटनाको भत्सर्ना गर्नुका साथै दाेषी प्रहरी माथि कार्वाहीकाे माग गरेको छ । नेपाल पत्रकार महासंघका सहसचिव तारानाथ आचार्य ,नेपाल प्रेस युनियनका सचिव डम्बर बुढा… पुरा पढौ

नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघको छैठौं अधिवेशन सम्पन्न

बागलुङ / नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासघ बागलुङ शाखाको नबौ बार्षिक साधारणसभा तथा छैठौं अधिबेशन एक कार्यक्रम बिच बागलुङ सदरमुकाममा सम्पन्न भएको छ । साधारणसभामा पुस्तक तथा स्टेशनरी ब्यवसाय गर्दै आएका बागलुङका ब्यवसायी लालचन्द्र राजेशचन्द्र राजभण्डारी पुस्तक तथा स्टेसनरी ब्यवसायी संघका प्राेपाइटर लालचन्द्र राजभण्डारी ,प्रेस तथा छापाखाना ब्यवसायी तर्फ राजभण्डारी छापा खानाका प्राेपाइटर कृष्ण गाेविन्द राजभण्डारी लाइ सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष लिलाराम गाैतम , केन्द्रीय सदस्य रमेश पाैडेल ,गण्डकी… पुरा पढौ

बागलुङ नगर खानेपानीकाे अध्यक्षका लागि ४ जनाको उमेदवारी दर्ता

बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाकाेपुस २८ गते हुने अधिवेशनकाे लागि ४ जनाले अध्यक्ष पदकाे लागि उमेदवारी दर्ता गराएका छन् । संस्थाकाे नयाँ नेतृत्व हात पार्न बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका पुर्व अध्यक्ष केवी राना मगर ,भुपेन्द्र खड्का ,वर्तमान तदर्थ समितिका अध्यक्ष जयराम भारी ,र सुवास आचार्यले उमेदवारी दर्ता गरेको निर्वाचन संयाेजक चित्रांङ्गत बरालले बताए । यस्तै संस्थाका उपाध्यक्ष पदको लागि दयाराम पाैडेल ,रतन प्रसाद श्रेष्ठ र हरिबहादुर जिसी(सन्तोष )सचिव पदको लागिनिर्मल श्रेष्ठ र जीवन आचार्य ,काेषाध्यक्ष… पुरा पढौ

शुभलाभ सहकारीको १६ आ‌ैं साधारणसभा सम्पन्न

बागलुङ /बचतमा बृद्वि जीवनमा समृद्धि भन्ने नारासाथ स्थापना भएको शुभलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको १६ औ साधारण सभा सम्पन्न भएको छ । साधारणसभामा एभिन्युज टेलिभिजनका सम्वाददाता राजेशचन्द्र राजभण्डारी ,सहकारीका सल्लाहकार सुरेन्द्र जंङ्ग राजभण्डारी ,सहकारीका पूर्व अध्यक्ष ईश्वर लाल बज्राचार्य ,जेष्ठ शेयर सदस्य चयन देवी श्रेष्ठ शेयर सदस्य युक्त जंङ्ग राजभण्डारी  लगायतका बक्ताहरूले सहकारीले गाउँ गाउँमा गरिव तथा विपन्न वर्गका शेयर सदस्यकोआर्थिक समृद्धिको लागि महत्त्वपूर्ण भूमिका खेल्दै आएपनि त्यो भूमिका अझै बढाएर लग्न सकेमात्र समाजमा रहेको गरिवि हटाउन… पुरा पढौ