
बागलुङ / स्वास्थ्यकर्मी माथि अभद्र ब्यवहार गरेको भन्दै धौलागिरि अस्पताल व्यवस्थापन समितिका सदस्य कृष्णशंकर श्रेष्ठ १० हजार धरौटीमा रिहा भएका छन् ।
धौलागिरि अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. रवि रञ्जन प्रधानमाथीलाई अवद्र व्यवहार गरेको आरोप लागेपछि पक्राउ परेका अस्पताल व्यवस्थापन समितिका सदस्य कृष्णशंकर श्रेष्ठलाई प्रहरीले हिजो नियन्त्रणमा लिएको थियो ।
डा. प्रधानले अस्पताल व्यवस्थापन समितिका सदस्य श्रेष्ठले आफुलाई कार्यकक्षमै हातपातको प्रयास गरेको भन्दै कारवाहीको माग गर्दै प्रशासनमा उजुररी गरेका थिए ।
जिल्ला प्रशासन कार्यालयमा भएको बयान पछि १० हजार धरौटीमा छाडिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले बताउनु भयो ।
कानुनी प्रक्रिया पुरा गरि आवश्यक परेको जुनसुकै बेला कार्यलयमा उपस्थित हुने गरि छाडिएको हो । प्रमुख जिल्ला अधिकारी जिल्ला वाहिर रहेको मुद्धाको बारेमा प्रमुख जिल्ला अधिकारी आएपछि अन्तिम निर्णय हुने छ ।
डा प्रधानले दिएको निवेदनका आधारमा श्रेष्ठलाई आईतबार नियन्त्रणमा लिएको हो । सोधपुछका लागि भन्दै श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय पु¥याइएको थियो ।













