इलाममा एमालेका सुहाङ नेम्वाङ बिजयी

-


     हिडन खबर    
     वैशाख १८ गते २०८१ मा प्रकाशित


काठमाडौं। इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी हुनु भएको छ। नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई फराकिलो मतान्तरले पराजित गर्दै नेम्बाङ निर्वाचित हुनु भएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत प्राप्त गर्नु भयो । नेम्वाङले ५८३० काे मतान्तरले खड्कासँलाइ जित्नु भएको हाे ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम ११ हजार ४५७ मतसहित तेस्रो भएका छन्। रास्वपा उम्मेदवार मिलन लिम्बू ५ हजार ५० मतसहित चौथो हुनु भयो। सुहाङका बुबा एमालेका चर्चित नेता सुवास नेम्वाङको निधन भएपछि इलाममा उपनिर्वाचन भएको हो।

यस्तो छ अन्तिम मतपरिणामः