समाचार

जापानमा हुने वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिताका खेलाडीलाई बिदाई

काठमाडौं । ४ भाद्र, २०८१ । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानमा हुने वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा सहभागी हुने खालाडिलाई बिदाई गर्नुभएको छ । उहाँहरूलाई मंगलबार (आज) अध्यक्षले प्रचण्डले खुमलटारमा आयोजित एक कार्यक्रममा बिदाई गर्नु भएको हो । अगस्ट २४ र २५ तारिखका दिन जापान टोकियोमा हुने "नवौं वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४" मा नेपालको तर्फबाट खेलाडीहरू एलन श्रेष्ठ, सुस्मिता वाईबा, अनिल उपरकोटी र आरोन शेरचन सहित ६ सदस्यीय टोली… पुरा पढौ

फिल्म ‘कङ्गारु’को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का

काठमाडौं । फिल्म ‘कङ्गारु’को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । फिल्मका लागि निर्माण पक्षले सोमबार स्वस्तिमासँग कागजी सम्झौता गरेको हो । सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको यो फिल्ममा यसअघि केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल र अर्पण थापा अनुबन्धित भइसकेका छन् । राजिभ गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुने फिल्मको मुख्य भूमिकामा स्वस्तिमाको प्रवेशसँगै कलाकारहरुको लानअप बलियो बनेको छ । कागजी सम्झौता गरेसँग स्वस्तिमाले यो फिल्ममा काम गर्न पाउँदा आफू निकै उत्साही भएको बताएकी छन् ।  यसअघि फिल्म… पुरा पढौ

पहिरोपीडितलाई बडिगाड‌-१०, प्रबासबासी दाजुभाईको आर्थिक सहयोग

बागलुङ / अविरल वर्षाका कारण आएको पहिरोबाट साउन २२ गते बडिगाड गाउँपालिका वडा-१० आरुपाटाका पहिरोपीडितलाई बडिगाड‌-१०, हाल प्रबासबासी दाजुभाईको आर्थिक सहयोग गरेको छ । बडिगाड-१०, हाल दक्षिण कोरिया बासी दाजुभाईहरुको सक्रियताले बडीगाड गाउँपालिकाका पहिरापीडितहरुको लागि संकलन गरेको सहयोग रकम बडिगाड-१०, का वडा अध्यक्ष विरेन्द्र कुमार बुढालाई हस्तान्तरण गरिएको हाे । बडिगाड -१०, प्रबासबासी दाजुभाई दक्षिण कोरिया बाट तुलसीराम बुढा मगर, सुरज कुमार पुन मगर,प्रभाव बुढा मगर, समर मगर, खिम बुढा मगर, नवीन बुढा मगर, मित्रलाल बुढा मगर र पढम बुढा… पुरा पढौ

पुर्व डिआइजी रमेश खरेलले सुराकीको नाममा भ्रष्टाचार गरेको भन्दै अख्तियारमा मुद्दा दर्ता

काठमाडौ /तत्कालीन डिआइजी रमेश खरेलले आफ्नी पत्नीलाई नक्कली सुराकी बनाएर कमिशन लिएको भ्रष्टाचार हो भन्दै उनीविरुद्ध युवराज सफलले अख्तियारमा कार्यवाहीको माग गर्दै उजुरी हालेका छन्। खरेलले सुराकीकाे नाममा आफ्नो श्रीमतीलाई सुराकी खडा गरि पदको समेत दुरुपयोग गरि कमिशन लिएको स्विकार्दै त्यो कमिशन वैध हो भनेकाे भन्दै सफलले खरेल विरूद्वअख्तियारमा मुद्दा दर्ता गराएका हुन् । तत्कालीन डिआइजी खरेलले हालै एक टेलिभिजन अन्तरवार्तामा आफ्नो पत्नी रञ्जु खरेललाई सुराकी बनाएर कमिसन खाएको सहर्ष स्विकारेका थिए । पत्नीलाई नक्कली सुराकी देखाएर भन्सार कार्यालयबाट कमिसन… पुरा पढौ

सुनको मूल्यकाे नयाँ रेकर्ड एक तोलाकाे १ लाख ५२ हजार ६ सय

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाली बजारमा आज अहिलेसम्मकै सबैभन्दा बढी मुल्य कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ३ हजार रुपैयाँले बढेर १ लाख ५२ हजार ६ सय रुपैयाँमा कारोबार भएको  छ । यस अघि शुक्रबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी  प्रतितोला ५० रुपैयाँले बढेर १८ सय १०… पुरा पढौ

माआ‌ेवादीले पार्टीलाई सुदृढ र एकतावद्ध गर्दै जनतामा जाने

काठमाडौँ, २ भाद्र। पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीलाई सुदृढ र एकतावद्ध गर्दै जनतामा जाने अभियानको गृहकार्य गरिएको बताउनुभएको छ। विसं २०५१ सालमा शहीद हुनुभएका तात्कालीन एकता-केन्द्रका केन्द्रीय सदस्य रामवृक्ष यादवको स्मृतिमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले उक्त कुरा बताउनुभएको हो। कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्धको आधार तयार पार्न मधेशमा रामवृक्ष यादवको गुणाात्मक योगदान रहेको बताउनुभयो। उहाँले भन्नुभयो, "रामवृक्ष यादव मधेशी जनताको आन्दोलनको बीचबाट जन्मिएको एक जना लोकप्रिय नेता हुनुहुन्थ्यो। उहाँ पार्टीभित्र मात्र नभएर… पुरा पढौ

फिल्म ‘नरसिंहाः अवतार’ मा कलाकारहरुको रोचक लाइनअप तयार हुने क्रम जारी

काठमाडौं । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्म ‘नरसिंहाः अवतार’ मा कलाकारहरुको रोचक लाइनअप तयार हुने क्रम जारी छ। यसको निर्माणपक्षले फिल्मका लागि अहिलेसम्म तीनजना मुख्य पात्रहरु फाइनल गरेको हो । एक्सन तथा सोसल ड्रामामा बन्ने यो फिल्मको शीर्षमध्ये एक भूमिकामा दीपा शाही र सरोज खनाल अनुबन्धित भएका छन् । निर्माणपक्ष र उनीहरुबीच लिखित सम्झौता भइसकेको छ । निर्माणपक्षले यो फिल्ममा दीपा र सरोजको कस्तो भूमिका छ भन्ने विषयमा भने केही पनि खुलाइएको छैन । यही फिल्मबाट ८ वर्षपछि महानायक… पुरा पढौ

कांग्रेस-एमाले गठबन्धनलाई जनताले काले-काले मिलेर खाउँ भाले भन्ने बुझेकाे माआ‌ेवादीकाे आराेप

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै आफूलाई सरकारबाट हटाइएको बताउनुभएको छ । शनिवार पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक साधारण सभालाई पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो । “पार्टी सरकारमा हुँदा सुशासन , सामाजिक न्यायको सवालमा धेरै काम गरिएको छ । भ्रष्टाचारका विरूद्व सुशासनको पक्षमा इतिहासमै महत्वपूर्ण काम भएका छन् ।बजेट निर्माणमा पनि उत्पादनमा जोेड दिन खोजिएकोे छ । भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै हामीलाई… पुरा पढौ

कालीका भगवती गुठी बागलुङको श्रावण महिनामा १९ लाख २० हजार २ सय ८८ रूपैयाँ आम्दानी

बागलुङ भदौ १ बागलुङ / कालीका भगवती गुठी ब्यवस्थापन समिति बागलुङले हरेक महिनाको पहिलो साता गुठीको आम्दानी खर्चको हिसाबकिताब सार्वजनिक गर्ने कार्यक्रम अनुसार श्रावण महिनाको हिसाब सार्वजनिक गरेको छ । कालीका भगवती गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा भएको बैठकले श्रावण महिनाको हिसाबकिताब सार्वजनिक गरेको हाे । श्रावण महिनामा कालीका भगवती मन्दिरमा भक्तजनले चढाएको भेटि बाट ६ लाख २९ हजार ८ सय २५ चामल बिक्री बाट १ हजार ५ सय ,बाेका बलि बाट १ हजार ,सटर भाडा बापत ९… पुरा पढौ

तरकारी खादा एक‌ै घरका ३ जना बिरामी

बागलुङ /बागलुङ जिल्ला काठेखाल गाउँ पालिका -३ हिले बस्ने एकाघरका ३ जना सदस्यले तिते भेन्टा भनी धतुरो जस्तो देखिने बस्तुको तरकारी पकाई खाँदा बिरामी भएका छन् । तरकारी पकाइ खादा लठ्ठिने,बर बराउने सम्बन्धी बिरामी भई उपचारको लागी दिउँसो धवलागिरी अस्पताल बागलुङमा उपचारको लागि ल्याएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी बिजय यादवले बताए । बागलुङ काठेखोला गा.पा.३ हिले बस्ने बर्ष-४७ को निरज बि.क. निजको श्रीमती बर्ष-४५ की तलसी बि.क.र छाेराबर्षिय-३० को सुमन बि.क.सुचना अधिकारी रहेको यादवले बताए ।बिरामीको अवस्था मध्यम… पुरा पढौ