चाैथाे रत्नेचाैर जागरण कप माघ १५ गते देखी

-


     हिडन खबर    
     माघ ७ गते २०८१ मा प्रकाशित


म्याग्दी रत्नेचाैर जागरण समूहको आयोजनामा खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि भन्ने मुल नाराका साथ आउदाे माघ १५ गते देखि १९ गते सम्म चाैथाे रत्नेचाैर जागरण कप २०८१ हुने भएकाे छ ।

रत्नेचाैर जागरण समूहकाे आयाेजनामा म्याग्दी जिल्लाकाे बेनी नगरपालीका १ रत्नेचाैर स्थित खेल मैदानमा संचालन हुने बिबिध खेलकुद तथा सास्कृतिक कार्यक्रमकाे तयारी भईरहेकाे क्लबले जनाएकाे छ ।

मेलामा मुख्य आकर्षककाे रूपमा खुल्ला पालिका वडा स्तरीय भलीबल प्रतियाेगिता,खुल्ला एकल नृत्य प्रतियाेगिता र खुल्ला छेलाे प्रतियाेगिता संचालन हुने छ ।

भलिबलमा प्रथम हुनेले १ लाख १ हजार १ सय ११ ट्रफी मेडल र प्रमाणपत्र, दृतिय हुनेले ५१ हजार १ सय ११ ट्रफी मेडल र प्रमाण पत्र,नृत्य प्रतियाेगितामा प्रथम हुनेले ५ हजार र छेलाेमा प्रथम हुनेले नगद ५ हजार प्राप्त गर्ने छन ।साथमा बिबिध सास्कृतिक कार्यक्रम संगै राष्ट्रिय कलाकार शान्त रानी परियार र दिपेन थापाकाे प्रस्तुती रहने क्लबका सचिब हरि महत धुब्रले जानकारी दिनु भयाे ।