
गाेर्खा ,नेपाल कम्युनिस्ट पार्टी माआेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाको गोरखा नगरपालिका वडा नम्बर ८ आमडाँडा गाउँमा विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने मुस्लिम अगुवासहित विभिन्न व्यक्तिलाई पार्टीमा स्वागत गर्नुभएको छ।
जिल्ला भ्रमणको सिलसिलामा गाेर्खा पुग्नुभएका अध्यक्ष दाहालले पार्टी प्रवेश गराउने कार्यक्रम अन्तर्गत विभिन्न पार्टी परित्याग गरेका ब्यक्तिहरू माआेवादी केन्द्रमा प्रवेश गराएका हुन् ।











