गायक खेम सेन्चुरीकाे बिषयलाई लिएर शिव परियारले दिए यस्ताे सुझाव

-


     केपी कुमार जलन     
     माघ ८ गते २०८१ मा प्रकाशित


माघ ९ बागलुङ

पछिल्लाे समय गायक खेम सेञ्चुरीमाथि विभिन्न टीका टिप्पणीहरू आइ रहेका छन ।

भ्वाईस अफ नेपालकाे सिजन ६ सेकेण्ड एपिसाेडमा गायक खेम सेन्चुरीले आफु बसेकै कुर्सिमा लात्ती हानेपछि गालीको बर्षा संगै चर्काे अालाेचना भई रहेकाे छ
भने कतिले यसलाई सामान्य रूपमा लिने गरेका छन ।

देशकै सर्वाधिक लाेकप्रिय रियालिटी साे कार्यक्रममा गायक सेञ्चुरीकाे यस्ताे हर्कतले अशाेभनिय देखिएकाे भन्दै गायक शिव परियारले लामाे स्टाटस नै लेखेका छन ।

उनले सामाजिक संजाल फेसबुक मार्फत स्टाटस लेख्दै
कलाकारमा केही नकरात्मक टिका टिप्पणी अाउना साथ जात र बर्गमा नै प्रहार गर्ने गरिएको प्रति अाक्राेस समेत पाेखेका छन ।उनले लेखेका छन ।

मैले पढेको सङ्गीतको साष्त्रमा सङ्गीतको कुनै जात, धर्म, बर्ग, रंग र भुगोल हुँदैन भनेर नै लेखिएको छ | म त्यहि साष्त्रको लेखाई अनुसार नै सङ्गीतमा जीवन बाँच्ने यात्रा मै छु, प्रयास गरिरहेको छु | तर मेरो देशमा सङ्गीतकर्मि कलाकारको केहि बखेडा आउँनसाथ सुरुमा जात र बर्गमा नै प्रहार गर्ने गरिएको छ| यस पटक कलाकार खेम सेन्चुरि भाईको हकमा पनि यस्तै भयो|

सदियौंकाल देखि सङ्गीतमा जात नै खोजिरहेका, सङ्गीतमा जात नै सुनिरहेका र आजपनि सङ्गीतमा जात नै खोज्ने र जात नै सुन्न चाहनेहरुका निकृष्ट अवशेषहरु नै हुन आजको युगमा पनि सामाजिक संजालमा स्वभाविक बैचारिक संवाद वा बिरोधको सट्टा बारम्बार जात जात भनेर जात मै जोडेर अत्यन्त निच र निकृष्ट भाषा प्रयोग गरेर कलाकारलाई सामजिक संजालमा गाली गर्नेहरु | यिनिहरु सङ्गीतका श्रोता भन्दा पनि जातका श्रोता र हिमायतिहरु हुन | सङ्गीतको वास्तबिक बिकासमा यस्ता सोच र बिचार राख्नेहरु भएपनि नभएपनि सङ्गीत जगतलाई खास्सै फरक पर्दैन मेरो बिचारमा |

खेम भाई भिडियो हेर्दा अलिकति अस्वभाविक चैं मलाई पनि लाग्यो है | भविश्यमा आफुलाई छोडेर अरु कोहि जस्तो बन्ने चेस्टा नगर्नु | मौलिक खेम सेन्चुरि नै नेपाली लोक सङ्गीतलाई प्रीय अनि आवश्यक छ | आफुलाई छोडेर अरुजस्तो बन्ने प्रयास गर्दा प्राय नकारात्मक अवस्थाहरु भोग्नु पर्ने हुन्छ | भाई जत्तिको कलाकारले आगामि दिनमा बिचार गर्नुपर्छ भन्दै शुभकामना समेत ब्याक्त गरेका छन |