धवलागिरि बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको विषयमा भएको विवाद चरम उत्कर्षमा पुगेको छ ।फाल्गुन २५ गतेदेखि वामपन्थी विद्यार्थी संगठनले निर्वाचन अधिकृतको कार्यालयमा लगाएको ताला नेविसंघले फोडेपछि क्याम्पसको स्थिति तनावग्रस्त बनेको हो । क्याम्पस प्रशासनको लापरबाहीका कारण विद्यार्थी परिचयपत्र दुरुपयोग भएको, जारी गरिएका परिचयपत्रमा विवरण गलत भएको भन्दै फाल्गुन २५ गतेदेखि निर्वाचन अधिकृतको कार्यालयमा लगाइएको ताला आज बिहान नेपाल विद्यार्थी संघले फुटाएको थियो । आफ्ना जायज माग पुरागर्न दबाब दिनेगरी लगाइएको ताला प्रशासनले सहमतिको कदमै नचाली नेविसंघले आफूखुशी फुटाएपछि अनेरास्ववियु…
पुरा पढौ