
बागलुङ / नेपाल रेडक्रस सोसाइटी बागलुड० जिल्ला शाखा एंव क्यानेदियन रेडक्रसको सहयोगमा संचालित समुदायमा आधारीत बृहत स्वास्थ्य कार्यक्रम (CCBHP) को नियमित सम्पन्न भएको छ ।
बागलुङ जिल्लाकाे काठेखोला गॅाउपालिका वडा नं ०१ छापा स्वास्थ्य समुदाय र वडा नं ७ रेश दोस्वार स्वास्थ्य आमा समुहमा पाठेघर खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर, निमोनिया र आयोडिनको परिचय र फाईदाका बारेमा सचेतना कार्यक्रम गरेर जनचेतना जगाउने काम गरेको क्यानेडियन रेडक्रसका प्राेजेक्ट मेनेजर गाेकर्ण श्रेष्ठले बताए ।















