बागलुङ भएको विकास अलपत्र परेको भन्दै सिंहदरबारमा पुगे बागलुङको टाेली ?

-


     राजेशचन्द्र राजभण्डारी     
     माघ २७ गते २०८० मा प्रकाशित


काठमाडौं /गाउँ गाउँमा सिंहदरबार भन्ने नारासाथ संघीयता
लागु भएको झण्डै ७ बर्ष बितिसक्दा समेत खास सिंहदरबार काठमाडौंमै छ भन्ने प्रमाणित भएको छ ।
अहिले जिल्ला ठूलो साना आयोजना केन्द्र बाट परिचालित हुदा समस्या जस्ताको तस्तै देखिन्छ ।

बागलुङ क्षेत्र न.१ का माननीय सांसद चित्र बहादुर के.सि.,नेपाली कांग्रेस का केन्द्रीय सदस्य किरण पौडेल,गण्डकी प्रदेश सांसद कृष्ण पाठक,बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ट,काठेखोँला गाउँपालीकाका अध्यक्ष राजु थापा लगायत वडा अध्यक्षहरु
बागलुङ जिल्लाको समग्र विकासको लागि सिंहदरबारमा डेडिकेसन गएर सराेकारवालाकाे ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय गाैरवकाे आयोजना मध्यपहाडी राजमार्गकाे बागलुङ सदरमुकाम खण्ड देखि काँठेखाेला गाउँ पालिका सम्म जाेड्ने सडक लामोसमयदेखि हिउँदमा धुलाम्मे बर्षामा हिलाम्मे हुने गरेको समस्या बारे जानकारी गराएका थिए।

कालीगण्डकी कालिगण्डकी करिडोर बागलुङ खण्ड ,
कुस्मिसेरा- राङखानी- बरेङ सडक ,एक निर्वाचन क्षेत्र एक सडको रुपमा काम भैरहेको अदालत चौतारी-सिगाना-चापाखर्क-बरेङ शान्तिपुर सडक लगायतका निर्माण योजना निर्माणमा हुन गएको ढिलासुस्ती , बजेट अभाव लगाएतका बिषयमा संघीय सरकारका अर्थमन्त्री , सडक बिभागका डिजी र मध्यपहाडी राजमार्गका अधिकारीहरु संगको भेटघाट र छलफल गरेका छन् ।छलफल सकारात्मक रहेको भ्रमण टाेलीले जनाएको छ ।

बागलुङ जिल्लामा एक दर्जनभन्दा बढी संघीय प्रदेश सांसद भएपनी राजधानीमा भने सिमित मात्र पुगेको देखिन्छ ।

संघीयता खारेज गरि स्थानीय तहलाई शक्तिशाली बनाउनु पर्ने माग गर्दै आएको राष्ट्रिय जनमाेर्चाका संघीय सांसदकाे
उपस्थितिले भेटघाटलाइ थप मद्दत गरेको देखिन्छ ।

ठेकेदार कम्पनीले पटकपटक म्याद थप्ने तर काम समय नगर्ने एउटा समस्या छ भने कतिपय आयोजनामा सरासर भएको कामको समेत भुक्तानी नहुदा योजना अलपत्र परेको देखिन्छ ।