अरूण चाैधरीलाइ दुई दिनमै छाेड्न आदेश दिने न्यायाधीश मुगु सरूवा भए

-


     हिडन खबर    
     माघ २९ गते २०८० मा प्रकाशित


काठमाडौं /अरूण चौधरीलाई २ दिनमै छोड्न आदेश दिने श्रीमानलाई सजायस्वरूप जिल्ला अदालत मुगु सरूवा गरिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीस यज्ञप्रसाद आचार्य सजायस्वरूप मुगु अदालतमा सरूवा गरिएका हो।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले जिल्ला अदालत, काठमाण्डौले दिएको आदेशउपर गम्भीर कैफियत जनाउँदै त्यसमा सँलग्न न्यायाधीशलाई सजायस्वरुप दुर्गम मुगुमा काज सरुवा गरेका हुन् ।

प्रहरीले हिरासतमा राख्न अनुमति लिएको चार दिनको म्याद सकिएपछि पक्राउ परेका चौधरी, तत्कालिन बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह र सञ्जय ठाकुरलाई गत २२ माघमा जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । जिल्ला न्यायाधीश आचार्यको इजलासले उनीहरुलाई अब दुई दिन भन्दा बढी हिरासतमा नराख्नु भनेर दिन नै तोकेको थियो ।राष्ट्रिय अन्तर्राष्ट्रिय चर्चा काे रूपमा रहेको बाँसवारी जग्गा प्रकरणमा न्यायालय बाट आएको आदेश पक्का पनि दवाद र प्रभावमा आधारित छ भन्ने कुरामा कुनै शंका छैन ।

नेपालकै कान्छो न्यायाधीश भनेर चर्चा कमाएका यिनै यज्ञ नवलपरासी जिल्ला अदालतमा हुँदा बलात्कार मुद्दामा पक्राउ परेका कलाकार पल शाहलाई जबरजस्ती करणी मुद्दामा सफाइ दिएका थिए । जिल्ला न्यायाधीश आचार्यको इजलासले जबरजस्ती करणी पुष्टी हुन नसक्ने भन्दै पललाई सफाइ दिएका थिए ।

२०३८ सालमा पर्वतको विहादीमा जन्मिएका उनी २०७७ भदौ १ गते जिल्ला न्यायाधीश नियुक्त भएका हुन् । कम उमेरमै न्यायाधीशको भूमिका पाए पनि उनी न्याय सेवामा प्रवेश गरेको १३ वर्ष भइसकेको छ । शाखा अधिकृतबाट न्याय सेवामा प्रवेश गरेका उनी आन्तरिक प्रतिस्पर्धाबाट उपसचिवमा बढुवा भइसकेका थिए ।