लघुवित्त र सहकारी पीडितलाई न्याय दिन म आफै सक्रिय छु : प्रधानमन्त्री

-


     हिडन खबर    
     फागुन १ गते २०८० मा प्रकाशित


काठमाडौँ, १ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफै सक्रिय भइरहेको बताउनुभएको छ।

मंगलबार बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो।

भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौं बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छु। तपाईहरूको सुझाव पनि म हेर्छु। यो समस्या जतिसक्दो छिटो टुंगाउन चाहन्छु, यसमा तपाईहरूको पनि सहयोग चाहियो प्रधानमन्त्रीले भने ।

लघु बित्त पीडित र लाखौं सहकारी पीडितहरूले आफुले बचत गरेको बचत रकम फिर्ता पाउन माग गर्दै एक बर्ष देखि राजधानीमा आन्दोलन गर्दै आएका छन् ।सरकारले चैत मसान्तसम्म बचत कर्ताले जम्मा गरेको रकम फिर्ता गर्ने सहकारी मन्त्री रन्जितता श्रेष्ठले ७ बुँदे लिखित सहमति गरे पनि अहिलेसम्म बचत फिर्ता हुने वातावरण नदेखेपछि सहकारी पीडितहरू आन्दोलन गर्ने तयारीमा जुटेका छन् ।