समाचार

राष्ट्रिय समझदारीअनुसार शान्ति प्रक्रिया टुङ्गो लाग्छ : प्रधानमन्त्री

काठमाडौँ, १४ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन सरकार प्रयत्नशील रहेको बताउनुभएको छ । द्वन्द्व पीडित परिवारका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुसँग आज सिंहदरबारमा भेट गर्दै प्रधानमन्त्रीले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा अदालतको आदेश पालना गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । “सरकारले चाहँदाचाहँदै पनि सङ्क्रमणकालिन न्याय टुङ्ग्याउन सकिएको छैन,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन नदिने शक्ति पनि सक्रिय नै छन्, त्यसले गर्दा कतिपय समस्या… पुरा पढौ

३ रोपनी जग्गामा लागूऔषध ‘अफिम खेती’ गर्ने लामालाई पक्राउ

लमजुङ / लमजुङमा अवैध लागूऔषध ‘अफिम खेती’ गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर राक्सिराङ गाउँपालिका–८ घर भएका २६ वर्षीय हिमाल लामा थिङलाई प्रहरीले पक्राउ गरेको हो । लमजुङको मध्यनेपाल नगरपालिका–३ सूर्यपालमा अवैध लागूऔषध अफिम खेती गरिरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजाराम खड्काले बताए । मंगलबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि प्रहरीले पक्राउ परेका लामासहित उनले ३ रोपनी जग्गामा लगाएको १४ हजार ५ सय ६६ अफिमका बोट, अफिमबाट… पुरा पढौ

राष्ट्रिय योजना आयोगले रोजगारीका कार्यक्रम प्रस्तुत गरोस् : प्रधानमन्त्री

काठमाडौँ, १३ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगारी प्रवर्द्धन हुनेगरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री कार्यालयमा आज राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्यहरूलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले विद्यमान समस्या समाधान गर्नेगरी योजना तयार गर्नुपर्नेमा जोड दिनुभएको हो । उत्पादन र रोजगारी न्यून हुनु देशको प्रमुख समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको हरेक क्षेत्रमा समस्या देखापर्ने, एक क्षेत्रको समस्या समाधान गर्न खोज्दा अर्को क्षेत्रमा समस्या झन बल्झिने अवस्थालाई सम्बोधन गर्न जरूरी… पुरा पढौ

दुर्गा प्रसाईंको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

काठमाडौ / झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीशहरू कुमार चुँडाल र सारंगा सुवेदीको इजलासले सोमबार प्रक्रिया पुगेको भए बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएका हुन्। सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार आदेशको प्रति भने आइसकेको छैन। ‘दुर्गा प्रसाईंको मागबमोजिम रिट जारी भएको हो,’ उनले भने। प्रसाईंले बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धनबारे चिकित्सा शिक्षा आयोगविरूद्ध सर्वोच्चमा रिट दिएका थिए। प्रसाईंले २०७७ असार र असोजमा सर्वोच्चमा रिट दिएका थिए । नेपालमा केही मेडिकल माफियाको कारण नेपालमा सहजरूपमा मेडिकल शिक्षा संचालन… पुरा पढौ

नेकपा एमालेका अध्यक्ष केपी आ‌ेली बागलुङ आउने

बागलुङ / नेपाल कम्युनिस्ट पार्टी एमाले बागलुङको दशाैं अधिवेशनकाे उद्घाटन गर्न चैत २९ गते नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा आ‌ेली प्रमुख अतिथि बनेर बागलुङ आउनुहुने भएको छ । एमाले बागलुङ जिल्ला अधिवेशन भब्य र सभ्य रूपमासम्पन्न गर्नका लागि एमाले केन्द्रीय अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री आ‌ेलीलाइ प्रमुख अतिथिकाे निमन्त्रणामा गरेकाे  एमाले जिल्ला अध्यक्ष हिराबहादुर केसीले बताउनुभयो । नेकपा एमाले बागलुङका नेतृत्व टाेली काठमाडौ पुगेर निमन्त्रणा गरेपछि अध्यक्ष आ‌ेलीले सहजरूपमा स्वीकार गरि अधिवेशनमा आउनुहुने भएपछि चैत २९ गते हुन जिल्ला… पुरा पढौ

वन तथा वातावरण राज्यमन्त्री मन्त्रीकाे सपथ

काठमाडौ / प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले माननीय दीपक कार्कीलाई आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा वन तथा वातावरण राज्यमन्त्रीको सपथ ग्रहण गराउनुभएको छ। केही अघि एमाले सहितको ५ दलीय गठबन्धन बनाएर मन्त्री परिषद् हेरफेर गरेपछि नियुक्त हुनुभएका  राज्यमन्त्री कार्कीलाई आज एक कार्यक्रम बिच सिंहदरबारमा सपथ गराउनु भएको हाे । पुरा पढौ

सहुलियत दरमा ऋण प्रवाहको व्यवस्था गर्न पूर्वाधार बैंकलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, १२ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लाई आग्रह गर्नुभएको छ । नेपाल भ्रमणमा रहेका एआइआइबीका निर्देशक नेतृत्वको प्रतिनिधिमण्डलले आज गरेको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले एआइआइबीमा सहुलियतको प्रावधान नहुँदा बजार दरको ब्याजमा ऋण प्राप्त गर्न नेपालजस्ता मुलुकलाई कठिन हुने बताउनुभयो । “नेपाललाई अझै पनि ऋणमा अझै सहुलियत आवश्यक छ, तर एआइआइबीसँग यस्तो व्यवस्था छैन,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “बजार दरको मूल्यले बैंकको वित्तमा नेपालको पहुँचलाई… पुरा पढौ

चिकित्शा शिक्षा आयोगकाे अव्यवाहारिक कारणले बन्द भएका शिक्षण संस्था संचालन हुदै

काठमाडौं / चिकित्शा शिक्षा आयोगका अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा वसेको बैठकको निर्णय अनुसार विगतमा चिकित्शा शिक्षा आयोगको अव्यवाहारिक आन्तरिक कार्यविधिका कारणले वन्द रहेका शिक्षण संस्थाहरु २०८१ देखि संचालन हुने भएका छन् । प्राविधिक एस.एल.सि. तहका कार्यक्रमहरुको स्तर उन्नति को प्रकृया यस अघि नै सम्पन्न भैसकेको छ यसरि, चिकित्शा शिक्षा सरोकार संघर्ष समितिले विगतको संघर्ष मार्फत सडक, सरकार तथा सदनमा एकैसाथ उठाएका मागहरु क्रमस सम्वोधन भैरहेकाेचिकित्शा शिक्षा सरोकार संघर्ष समिति नेपालका संयोजक निर्मल सापकोटाले बताउनुभयो । आगामि शैक्षिक… पुरा पढौ

होली पर्वले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावनालाई प्रतिनिधित्व गर्छ : प्रधानमन्त्री

काठमाडौँ, ११ चैतः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा (होलीपर्व)ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । होलीपर्वका अवसरमा आज सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले यस पर्वले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तरघूलनलाई प्रतिनिधित्व गर्नेसमेत बताउनुभएको हो । “पहिलो दिन हिमाली र पहाडी क्षेत्र तथा दोस्रो दिन तराई–मधेसमा हर्षोल्लासका साथ मनाइने फागुपूर्णिमा (होलीपर्व)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा… पुरा पढौ

बाँदरकाे आतंक राेक्न किसानलाई भाेटे कुकुर

अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँ पालिकामा बाँदरलेकिसानले लगाएको अन्नबाली नष्ट गरेकाे भन्दैबाँदरको आतंक राेक्न किसानलाई भाेटे कुकुर बाड्न शुरू गरिएको छ । किसानले दुख गरेर खेतबारीमा लगाएको अन्नबाली, फलफूल तरकारी बाँदरले नोक्सानी गरेर हैरानी पारेपछि त्यसको रोकथामका लागि कुकुर बाँड्न थालिएको पाणिनि गाउँपालिका–२ का वडाध्यक्ष चन्द्रकान्त पौडेलले बताए । यसअघि बाँदर धपाउनका लागि यस क्षेत्रका किसानका हातमा प्लास्टिक–पाइपबाट बनाइएका बन्दुक दिएपनित्यो प्रभावकारी भएको नदेखिएकाे ।खेतबारीमा काँडेतार लगाएर पनि बाँदरबाट बाली जोगाउने उपाय अपनाइएको थियो । तर, केही गरे पनि बाँदर नियन्त्रण… पुरा पढौ