
बागलुङ / बढ्दो जलवायु परिवर्तन न्यूनीकरण र विद्यार्थीहरुलाई कृषि तथा उत्पादनसगँ जोड्ने उद्देश्यले एक बिद्यार्थी एक कागती र एक सुन्तलाकाे बिरुवा वितरण गरिएको छ ।
कृषि बिषयमा स्नातकोत्तर गर्नुभएका बागलुङका सुजन सापकोटाले विगत २ बर्ष देखि बागलुङ जिल्ला भित्र ९ र १० कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुलाई एक विद्यार्थी ,एक सुन्तला / एक कागती विरुवा वितरण अभियान संचालन गर्दै आउनुभएको छ ।
७ हजार बिरुवा अहिलेसम्म बितरण गरिसकेकाे जैमिनी नगरपालिका / बागलुङ नगरपालिका र बरेङ गाउँपालिका भित्र अभियान चलिरहेको र अब काठेखोला गाउँपालिकामा सुरु गर्ने तयारी रहेको छ सापकोटाले बताए ।
बिद्यार्थीलाई आफ्नो मातृभुमिको माटोलाइ चिन्ने र त्यो संग जोडिने अभियानले गर्नेछ । गाउँघरमा बढ्दो बसाइँसराइ जसले बाझो रहन लागेको जग्गालाइ पनि बिरुवा रोपेर उत्पादन सग जोड्ने काम गर्ने सापकोटाले लक्ष्य राखेका छन्।












