समाचार

पूर्वसचिव भीम उपाध्यायसहित १५ जना बिरूद्व भ्रष्टाचार मुद्दा दायर

काठमाडौं /पूर्वसचिव भीमप्रसाद उपाध्याय भ्रष्टाचारमा मुछिएका छन् । उनीसहित १५ जना र तीन कम्पनीविरुध्द आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।  मेलम्ची खानेपानी विकास समितिका तत्कालीन अध्यक्ष तथा खानेपानी मन्त्रालयका तत्कालीन सचिव उपाध्यायसहितले एशियाली विकास बैंकबाट ऋणमा लिएको रकम सम्झौताविपरीत र कानुनले तोकेभन्दा बढी पटकपटक ठेकेदार कम्पनीलाई भुक्तानी दिएको अख्तियारले जनाएको छ ।  आयोगले मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा.सञ्जय शर्मा, सहसचिव गजेन्द्रकुमार ठाकुर,अर्थ मन्त्रालयका तत्कालीन सहसचिव तथा बोर्डका सदस्य मुकुन्दप्रसाद… पुरा पढौ

महायज्ञकाे अबधि भर सहुलियत भाडामा यातायात

बागलुङ / प्रसिद्ध धार्मिक पर्यटन केन्द्र सर्वसिद्विधाम पन्चकाेटमा यहीँ फागुन ९ गतेदेखि २३ गतेसम्म हुने अनन्तश्री ब्रम्हान्डीय महायज्ञ २०८० लाइ भब्य र सभ्य रूपमा सम्पन्न गर्न पुग्ने धार्मिक पर्यटकलाई लक्षित गरिसहुलियत दरमा यातायात सेवा संचालन गर्ने निर्णय गरेको छ । बागलुङ सदरमुकाम देखि पन्चकाेट सम्म सहजरूपमा जानकाे लागि फागुन ८ गतेदेखि २४ गतेसम्मको लागि यातायात भाडा दर निर्धारण गरेको छ ।बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कडेल,प्रथम अध्यक्ष शशि कपुर श्रेष्ठ ,धाैलागिरि कालीका यातायात प्रालिका अध्यक्ष जयन्द्र राज पन्त ,धाैलागिरि… पुरा पढौ

सुशासन मेरो नारा होइन, संल्कप हो : प्रधानमन्त्री

काठमाडौँ, ६ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च पदस्थ राजनीतिक तथा प्रशासनिक नेतृत्वहरू छानबीनको दायरामा आएको यो हाम्रो इतिहासको सबैभन्दा ठूलो प्रकरण भएको बताउनुभएको छ । उहाँले सुशासनको संकल्प गरेर आफूले अभियान चलालयको स्पष्ट पार्नुभयो । प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी काण्ड यही सरकारले छानबीन गरेको र अदालतमा मुद्दा दायर गरेको जानकारी गराउनुभयो । “कुर्सी हल्लिने डर हुन्थ्यो भने छानबीन नै शुरु हुने थिएन,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सम्मानित सदनमा म दोहर्‍याउँछु,… पुरा पढौ

एकै व्यक्ति वा समूह बैंक र व्यवसायी हुँदा आउनसक्ने समस्यालाई निराकरण गर्न सरकारले कानूनी र नीतिगत व्यवस्था गरेको छ : प्रधानमन्त्री

काठमाडौँ, ६ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकै व्यक्ति वा समूह बैंक र व्यवसायी दुवै हुँदा आउनसक्ने समस्यालाई निराकरण गर्न सरकारले कानूनी र नीतिगत व्यवस्था गरेको बताउनुभएको छ । उहाँले यस्ता दिशामा थप नीतिगत र कानूनी सुधारका कार्य भइरहेको जानकारी दिनुभयो । प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले मुलुकमा प्राप्त स्रोत–साधन सीमित घरानामा अधिक केन्द्रित हुँदा त्यसबाट विभिन्न प्रकारका जोखिम सिर्जना हुने साथै सीमित समूहले मात्र प्रतिफल पाउने भएकाले यस्तो अवस्थाको निराकरण गर्न बैंकिङ क्षेत्रमा… पुरा पढौ

गेम चेन्जर’ आयोजना तर्जुमा गर्ने दिशामा सरकारले छलफल सुरु गरेको छ : प्रधानमन्त्री

काठमाडौँ, ६ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटमा कर्णाली प्रदेशले न्याय पाउने केही थप ‘गेम चेन्जर’ आयोजना तर्जुमा गर्ने दिशामा सरकारले छलफल सुरु गरेको जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले जुम्ला विमानस्थलको रनवे विस्तारका लागि जग्गा अधिग्रहणलगायत विमानस्थलको स्तरोन्नतिको कार्य समेत अगाडि बढेको जानकारी गराउनुभयो । नेपालको राजनीतिक परिवर्तनमा कर्णालीको योगदान तथा यसले लामो समयसम्म केन्द्रीय एकात्मक राज्यसत्ताबाट ब्यहोरेको उपेक्षा र विभेदबारे सरकार जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अब कर्णालीले… पुरा पढौ

चुरे संरक्षण कार्यक्रमलाई अझ प्रभावकारी बनाउन गुरुयोजन संशोधन गरिन्छ : प्रधानमन्त्री

काठमाडौँ, ६ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको रुपमा सञ्चालन भइरहेको चुरे संरक्षण कार्यक्रमलाई अझ प्रभावकारी बनाउन चुरे संरक्षण गुरुयोजना संशोधन गरिने बताउनुएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “चुरे क्षेत्रको जैविक विविधता, प्राकृतिक स्रोत, पानी र स्थानीय वासिन्दाको समग्र संरक्षण र दिगो उपयोगमा सरकार प्रतिवद्ध छ ।” चुरे क्षेत्रका नदीहरूको कटानको असर रोक्न नदी नियन्त्रण र तटबन्धका कामहरु सञ्चालनमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास… पुरा पढौ

जनकल्याण माध्यमिक बिद्यालयकाे ६२ आ‌ैं बार्षिकाेत्सव

पर्वत /जलजला गाउँपालिका वाड नं ०८ नाग्लिबाङमा अबस्थित श्री जनकल्याण माध्यमिक विद्यालयको ६२औं बार्षिक उत्सब तथा अभिभावक दिवस कार्यक्रम एक कार्यक्रम बिच सम्पन्न भएको छ । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भिम बहादुर श्रेष्ठको अध्यक्षतामा प्रमुख अतिथि जलजला गाउँपालिका अध्यक्ष राजु प्रसाद आचार्य बिशिस्ट अतिथी जलजला वाड नं ०८ अध्यक्ष एवं जलजला गाउँपालिकाका प्रबक्ता हरिबिकाश जि.सी वाड नं ०३ का अध्यक्ष एवं शिक्षा समिती संयोजक एकेन्द्र बहादुर खत्रीले बिद्यालयकाे बारेमा आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, भुपु बिधालय ब्यावस्थापन… पुरा पढौ

कलाकारहरू भाइरल होइन, लोकप्रिय हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, ५ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली लोकसङ्गीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्वारा आज आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्रीले नेपालीपनको सङ्गीत विकृतितर्फ लालयित हुँदै गएकोप्रति गम्भीर हुनुपर्ने बताउनुभयो । विविधतापूर्ण मौलिकतामा आधारित गीतसङ्गीतले निकै राम्रो प्रगति गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “दर्शक–स्रोतको मन जितेका कालजयी गीतहरू नेपालीको मनमुटु र जनजिब्रोमा झुण्डिएका छन् । तर, पछिल्लोसमय ‘भाइरल’ हुने र ‘भ्यूज’ बढाउने नाममा ख्यातिप्राप्त राष्ट्रिय कलाकारसमेत… पुरा पढौ

लोकगीत सम्पूर्ण नेपालीहरूको साझा संस्कृति र सम्पत्ति : प्रधानमन्त्री

काठमाडौँ, ५ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकगीत सम्पूर्ण नेपालीहरूको साझा संस्कृति र सम्पत्ति भएको बताउनुभएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्वारा आज आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सबै भाषा, जातिमा र क्षेत्रमा लोकगीत लोकप्रिय रहेको बताउनुभयो । “लोकसाहित्य युगौँदेखि जनसाधारणको मौखिक परम्पराका रूपमा व्यक्त हुँदै आएको छ । लोक साहित्यअन्तर्गत प्रमुख विधाको रूपमा लोकगीत सबैभन्दा सम्पन्न भएको विधा हो,” प्रधानमन्त्रीले भन्नुभयो, “नेपाली जनजीवनका समग्र पक्ष र पाटालाई लोकगीतले प्रस्तुति गरेको छ । नेपालको… पुरा पढौ

क्रिकेट खेलाडी शुवास भण्डारीलाई सहयोग

बागलुङ / यु–१९ राष्ट्रिय क्रिकेट खेलाडी सुवास भण्डारीको प्रोत्साहन, हौशला र सफलताको कामना गर्दै दक्षिण कोरियामा रहेका खेलप्रेमी नेपाली युवाहरुद्धारा संकलन गरि पठाइएको रकम आज एक औपचारीक कार्यक्रमका विच हस्तान्तरण गरियो । काठेखोलाा गाउँपालिकाका अध्यक्ष राजु थापाले खेलाडी सुवास भण्डारी लाई हस्तान्तरण गरिएको हाे । विदेशी भुमीमा रहेर पनि नेपालको खेलकुद विकासमा निकै चासो राख्नुहुने युवा व्यक्तित्व डम्मर के.सी.ले त्यहाँ संकलन भएको रकम रु.५३ हजार ७ सय ५ रुपैयाँ काठेखोला गाउँपालिका अध्यक्ष थापालाई हस्तान्तरण गर्नुभएको थियोे ।एक विशेष औपचारीक समारोहका… पुरा पढौ