
बागलुङ /जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने औषधी बेचबिखन गर्ने बागलुङ बजारका तीन वटा मेडिकल बन्द गरिएको छ ।
बागलुङ गरपालिका–२ क्याम्पस चोकको धौलाश्री मेडिकल, बालमन्दिर चोकको लेखानी मेडिकल हल र केसी मेडिकल हल बन्द गरेको हो ।
गत बैशाख ६ गते औषधी व्यवस्था विभाग काठमाडौँ, जिल्ला प्रशासन कार्यालय बागलुङले गरेको अनुमनको क्रममा फार्मेसी विभागमा दर्ता नभएको औषधी बेच्ने गरेको फेला परेको थियो ।
औषधी व्यवस्था विभाग काठमाडौँको निर्णय अनुसार ति मेडिकल ७ दिनको लागि निलम्वन गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङका नायब सुब्बा रामप्रसाद उपाध्यायले बताउनु भयो ।
जिल्ला प्रशासन, प्रहरी लगाएतका सरोकारवालाकोट टोली मेडिकल बन्द गर्न आउने थाहा पाएपछि धौलाश्री मेडिकलका संचालक मेडिकल बन्द गरेर फरार भएका थिए । संचालक फरार भएपछि टोलीले थप ताला लगाएर छाडेको छ । साथै निलम्वन अवधिभर त्यस औषधि पसलबाट कुनै पनि कारोबार नगर्न र भविश्यमा यस्ता कैफियतहरु नदोहो¥यान समेत विभागले समेत गराएको छ । औषधीको व्यवस्था विभागमा दर्ता नभएका औषधी भण्डारण र अनुमति वेगरका औषधी बेच्ने गरेकोले बन्द गरिएको बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताउनु भएको छ ।
बागलुङमा लागु मनोद्धिपक औषधीहरु अवैध रुपमा तथा रेकर्ड नराखी विक्रि वितरण समेत हुने गरेको छ ।
औषधी व्यवस्था विभाग काठमाडौँको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बागलुङ, स्वास्थ्य कार्यालय बागलुङ, बागलुङ नगरपालिका लगायतको टोलिले बागलुङ बजारमा १७ वटा मेडिकल अनुगमन गरेको थियो । अनुगमनको क्रममा क्याम्पस चोकको धौलाश्री मेडिकल हल र अस्पताल रोडको बुद्ध डेण्टल होम बन्द गरेको थियो।
औषधी व्यवस्था विभागका फार्मेसी अधिकृत श्यामु मण्डलको नेतृत्वमा भएको अनुगमनको क्रममा सम्बन्धीत स्वास्थ्यकर्मीको उपस्थिति बिना गैर व्यक्तिले अनाधिकृत रुपमा उपचार गरी औषधी विक्री वितरण गरेको, विभागमा दर्ता नभएका औषधी भण्डारण गरी विक्री वितरण गरेको, लागु मनोद्धिपक औषधीको रेकर्ड नराखेको पाइएपछि औषधी जफत गरी तत्कालका लागि मेडिकल पसल बन्द गरिएको थियो ।
अनुगमनका क्रममा देखिएका कमजोरीहरु सच्याएर सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरेपछि मात्र सञ्चालन गर्नका लागि उक्त मेडिकल पसलहरुलाई निर्देशन गरिएको थियो।











