
बागलुङ / महिला दिदी बहिनिहरू काे सक्रियतामा २०८० सालमा बागलुङ नगरपालिका १३ पैयुपाटा स्थित मुसुरावारीमा दिदीबहिनी हरु मिलेर बनेको विशुद्ध मुसुराबारी नव-निर्मित आमा समुहले गाउँ समाज धर्मशाला बाटाेघाटाे लगायत समुदायका सामाजिक कार्यहरु गर्दै आइरहेकाे छ ।
समाजले समाज र समुदाय मा हुने शुभ कार्य देखि अन्य विविध सामुहिक भोज भतेरमा आवश्यक पर्ने भाँडाकुँडा,कुर्सी,टेबुल लगायतका अन्य सामान खरिद का लागि फेसबुक पेज मार्फत नै सहयाेग अभियान थालेकाे छ ।
गाउघरमा हुने शुभकार्यमा आवश्यक पर्ने भाडा वर्तन जिल्ला सदरमुकामबाट महंगो भाडा तिरेर लिनुपर्ने बाध्यता रहेकाे बेला महिला दिदिबहिनीहरूकाे याे कार्यले आफु निकै उत्सुकता भएकाे जनप्रतिनिधि बताउछन । समाजमा गरिने क्रियाकलाप रहन सहन रिति रिवाज लाई क्रमिक रूपमा परिमार्जन गर्दे फरक शैलिकाे वातावरण सृजना गर्नु आमा समुहकाे पहिलाे दायित्व भयकाे अध्यक्ष सुजता परियारले बताउनु भयाे ।










