राष्ट्रिय परिचय अनिवार्य भनेपछि जिल्ला प्रशासनमा जेष्ठ नागरिककाे भिड

-


     हिडन खबर    
     जेठ ३१ गते २०८१ मा प्रकाशित


बागलुङ ,जेठ ३१ /स्थानीय तह मार्फत सामाजिक सुरक्षा भत्ता पाइरहेका जेष्ठ नागरिक लाइ अबदेखि सामाजिक सुरक्षा भत्ताको लागी अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र चाहिने स्थानीय तहको सर्कुलपछि जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीकाे घुइँचो लागेको छ ।

सरकारले पहिलो चरणमा झापा, माेरङ ,सुनसरी उदयपुर ,काठमाडौ ,भक्तपुर ,ललितपुर ,चितवन ,कास्की लगायत २८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेकाे भएपनि बागलुङका सबै स्थानीय तह वडा कार्यालयले सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भनेपछि यसको फारम भर्ने प्रशासन कार्यालयमा आउदा भिडभाड बढेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बालबालिका , आफ्नो हेरचाह गर्न नसक्ने, अशक्त , असहाय वा ९० बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरूकाे हकमा परिचयपत्र मा विवरण दर्ता नभए पनि सामाजिक सुरक्षा भत्ता लिन बाधा नपर्ने  जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत दिनेश शर्माले बताए ।

बागलुङ जिल्ला दाेस्राे चरणमा राष्ट्रिय परिचयपत्रकाे लागि अनिवार्य भएको जिल्लामा परेपनि स्थानीय जनप्रतिनिधिकाे बुझाइमा समस्या भएको कारण राष्ट्रिय परिचयपत्र भर्नका लागि जेष्ठ नागरिकले ठूलो दुख झंझट ब्यहाेर्नु परिरहेको देखिन्छ ।

बालबालिका , आफ्नो हेरचाह गर्न नसक्ने, अशक्त , असहाय वा ९० बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरूकाे हकमा परिचयपत्र मा विवरण दर्ता नभए पनि सामाजिक सुरक्षा भत्ता लिन बाधा नपर्ने  ब्यवस्था भएको कारण यसपटक राष्ट्रिय परिचयपत्र नभएको खण्डमा पनि सामाजिक सुरक्षा भत्ता लिनकाे लागि कुनै समस्या भने रहेको देखिदैन ।