स्वास्थ विमा दर्ता सहयोगीले आन्दोलन गर्ने

-


     हिडन खबर    
     जेठ ३१ गते २०८१ मा प्रकाशित


बागलुङ / बागलुङ जिल्लामा स्वास्थ बिमा सहयोगीकाे रूपमा काम गर्दै आएका विमा दर्ता सहयोगीहरूले आफ्नो बिभिन्न माग राखि २५ प्रतिशत प्राेत्साहन रकम उपलब्ध गराउन ध्यानाकर्षण पत्र बुझाएको छ ।

स्वास्थ विमा दर्ता संघर्ष समितिकाे नामबाट नेपाल सरकार स्वास्थ वीमा बाेर्ड केन्द्रीय कार्यालय बबरमहल काठमाडौंकाे
नाममा आफ्नो माग बुझाइ अहिलेसम्म १० प्रतिशत प्राेत्साहन रकम पाउदै आएकोमा यहीँ आउदो भदौ देखि लागु हुने गरि २५ प्रतिशत प्राेत्साहन रकम उपलब्ध नगराएमा मुलुकभरका दर्ता सहयोगीहरू आन्दोलनमा उत्रिन बाध्य हुने दर्ता सहयोगी सुमन बास्काेटाले बताए ।

स्वास्थ बीमा बाेर्डले २०८१ जेठ २४ गतेदेखि लागु हुनेगरि अहिलेसम्म पाउदै आएको सेवा सुविधा समेत कटौती गरिएको कारणले त्यसको घाेर भत्सर्ना गर्दै अहिले अगाडि सारेको निर्णय प्रति तत्काल वीमा बाेर्डकाे धारण स्पष्ट गर्न समेत भनिएको छ ।

दर्ता सहयोगीहरूले ध्यानाकर्षण पत्र स्वास्थ वीमा बाेर्ड गण्डकी प्रदेश र स्वास्थ वीमा जिल्ला सम्पर्क कार्यालय लाई बाेधार्थ समेत दिएको छ ।

अहिले स्वास्थ्य बीमा बाेर्डले गरेको निर्णय प्रति दर्ता सहयोगीहरू तत्काल सहमतिमा नआउने हाे भने अहिले भइरहेको स्वास्थ्य वीमा कार्यक्रम प्रभावित हुन सक्ने देखिन्छ यसतर्फ सराेकारवालाकाे ध्यान जान जरुरी देखिन्छ ।