उद्यमीहरुका लागि बजारीकरण कौशल सुदृढिकरण सम्वन्धि २ दिने तालिम बागलुङमा

-


     हिडन खबर    
     जेठ २९ गते २०८१ मा प्रकाशित


बागलुङ /यु यस एजेन्सी फर ईन्टरनेसनल डेभ्लपमेन्ट (युयसएआईडि) र नेपाल बचत तथा ऋण सहकारी संघ लि. (नेफ्स्कुनको) संयुक्त आयोजना तथा सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको संयोजनमा २ दिने उद्यमीहरुका लागि बजारीकरण कौशल सुदृढिकरण सम्वन्धि तालिम सम्पन्न भएको छ ।

सिवाईसी साकोसमा सदस्य भई उद्यम व्यवसाय गरिरहेका बागलुङ, पर्वत र म्याग्दीका उद्यमीहरुको उपस्थिती रहेको तालिमले विभिन्न बजारीकरण उपायहरूको बारेमा जानकारी र प्रयोग गर्न सक्ने काैशल प्रदान गर्ने,जनाएको छ ।
उद्यमीहरूलाई उत्पादन र वितरणको लागि विशेष रणनीतिहरू प्रदान गर्ने, बजारीकरणको विविध आयामहरूमा चुनौतीहरूको सम्मुख आउन र उपयोग गर्न सक्ने कौशल प्रदान गर्ने, उद्यमीहरूले आफ्नो उत्पादन र सेवाहरूलाई बजारमा प्रदर्शन गर्न, बजारीकरण अवसरहरू चिन्न र प्रयोग गर्न सक्ने सिप प्रदान गर्ने, उद्यमीहरूले आफ्नो स्थानीय बजारको बारेमा अनुमान गर्न सक्ने ज्ञान प्रदान गर्ने लगाएतका उद्देश्य राखेको आयोजकले जनाएको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै युएसएआईडिका कार्यक्रम संयोजक सञ्जय झाले सफल उद्यमी बन्नका लागि उद्यमीहरुले आफ्ना ग्राहकको आवश्यकता र चाहानाको बारेमा अनुसन्धान गरी त्यसलाई बजारीकरण रणनीतिमा समावेश गर्नुपर्ने बताउनु भएको थियो । उहाँले यस तालिमले उद्यमीहरुलाई नयाँ बजारमा प्रवेश गर्ने रणनीति र बजारका अवसरहरुको बारेमा बुझ्न मद्दत गर्ने बताउनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले तालिमले व्यवसायीक उपायहरु र उत्पादित बस्तुहरुको ब्राङडीङ र बजारीकरणका उपायहरुको बारेमा ज्ञान प्रदान गर्ने बताउनु भएको थियो । पौडेलले उद्यमीहरुले गुणस्तरीय बस्तुहरु उत्पादन गरेपनी त्यसलाई बजारमा प्रस्तुत गर्ने सिपको कमी हुँदा बिक्री बढ्न नसकिरहेको सन्दर्भलाई मध्यनजर गरी सिवाईसीले यो तालिमको संयोजन गरेको बताउनु भएको थियो ।

४५ जनाको सहभागिता रहेको कार्यक्रमको सहजिकरण आई.सि.एस. नेपालका प्रमुख कार्यकारी अधिकृत सचीन भट्टराई, सुरिदप्रसाद चापागाई, नेफ्स्कुनका कार्यक्रम अधिकृत रिता सुवेदी लगाएतले गरेको र कार्यक्रम संचालन व्यवसाय बिकास सेवा डेस्कका अधिकृत शालिकराम पौडेलले गर्नुभएको थियो ।