समाचार

स्वास्थ्य कार्यालय बागलुङ नमुना कार्यालय

बागलुङ/ गण्डकी प्रदेश सरकारले स्वास्थ्य कार्यालय बागलुङलाई नमुना कार्यालय घोषणा गरेको छ । गण्डकी प्रदेश सरकारको छैठाैं स्थापना दिवसको अवसरमा पोखरामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय बागलुङ नमुना कार्यालय घोषणा भएको हो । प्रदेश सरकार अन्तरगतका कार्यालयहरु मध्येबाट हरेक बर्ष प्रदेश सरकारले कुनै एक कार्यालयलाई नमुना कार्यालय घोषणा गर्ने गरेको छ । कार्यालयलाई प्रदेश सरकारले पुरस्कृत गर्ने छ । गण्डकी प्रदेश सरकारका योजना तथा कार्यक्रमहरुलाई प्रभावकारी, गुणस्तरीय, पारदर्शी र विश्वसनीय बनाउनका लागि सरकारले कार्याबिधि बनाएर नमुना कार्यालय घोषणा गर्दै आएको थियो… पुरा पढौ

माइतीघर मण्डलामा टाँगिएको ब्यानर जलाउने प्रयास

काठमाडौं / राजधानीको मुटु काठमाडौ माइतीघर मण्डलामा टाँगिएको ‘निषेधित क्षेत्र’को ब्यानर प्रदर्शनकारीहरुले मिल्काइदिएका छन् ।  रत्नपार्कस्थित शान्तिवाटिकामा धर्ना बस्दै आएका प्रदर्शनकारी प्रेम साहकाे समूहले आज अपरान्ह ब्यानर निकालेर जलाउन खोजेको प्रहरीले बताएको छ । निषेधित क्षेत्रमा पसेर ब्यानर जलाउन खोज्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले गत पुस ४ गतेदेखि राष्ट्रपति कार्यालय शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटार, नयाँ बानेश्वरस्थित संसद भवन, सिंहदरबार, उपराष्ट्रपति कार्यालय वरपर र माइतीघरदेखि बानेश्वर चोकसम्मको क्षेत्रमा कुनै पनि प्रकारको आन्दोलनका कार्यक्रम… पुरा पढौ

उत्सर्जनमा शून्य योगदान भएपनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव भोग्नु परेको छ : प्रधानमन्त्री

काठमाडौँ, ४ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी उत्सर्जनमा लगभग शून्य योगदान भएपनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव भोगिरहेको बताउनुभएको छ । जनवायु परिवर्तन र दिगो विकासमा सांसदको भूमिका विषयक सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तन सामाजिक–आर्थिक र वातावरणीय कल्याणका लागि ठूलो चुनौती भएको बताउनुभयो । विश्वव्यापी खतराको रूपमा विकसित भइरहेको जलवायु परिवर्तनले विकासका सम्भावनाहरूमा गम्भीर अवसर पार्ने उल्लेख गर्दै उहाँले अति कम विकसित मुलुकहरू जलवायु परिवर्तनको प्रभावबाट बढी जोखिममा रहेको स्पष्ट पार्नुभयो… पुरा पढौ

पन्चकाेटमा महायज्ञ सफल पार्न निमन्त्रणा यात्रा

बागलुङ /स्वामी ऋषि प्रपन्नाचार्यको संयोजकत्त्वमा आज सम्पन्न “निमन्त्रणा यात्रा” भब्य अनी सब्य रूपमा सम्पन्न भएको छ । श्रद्धालु महानुभावहरुप्रति हार्दिक धन्यवाद सहित आभार ब्यक्त गर्दै फागुन ९ गतेदेखि 23 गतेसम्म पन्चकोटमा आयोजित “अनन्तश्री ब्रम्हान्डीय महायज्ञ २०८०” लाई उत्साहजनक रुपमा सम्पन्न गर्नको लागी निमन्त्रण सहित नगर परिक्रमा गरियो । आजको यस पुण्ययात्राको संयोजन समाजसेवी तथा ब्यवसायी सहदेव राजभण्डारीले पानी तथा फ़्रूटीको ब्यवस्था समेत गर्नु भयको थियो । यस यात्रा अवधिभर कालिका भजन कीर्तन समूहले अटूट रूपमा हरेनाम संकीर्तन, इस्कोन बागलुङ हरेराम… पुरा पढौ

विधान अधिवेशन अत्यन्त सभ्य भयो, प्राप्त सुझावले पार्टी निर्माणमा सहयोग पुग्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ, ३ फागुन : प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधान अभिवेशन अत्यन्त सभ्य भएको र यसले पार्टी निर्माण एवं विशेष महाधिवेशनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव सङ्कलनपछि आज सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्राप्त सुझावका आधारमा ओजपूर्ण बनाउने विश्वास दिलाउनुभयो । अध्यक्ष प्रचण्डले आगामी महाधिवेशनदेखि जनवादको आधारमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट समिति निर्माण गर्ने र समितिबाट प्रत्यक्ष निर्वाचनको विधिबाट नै पदाधिकारी चयन गर्ने निष्कर्षमा पुगेको बताउनुभयो । आम रुपमा… पुरा पढौ

७३ लाख सहकारी पीडितहरू काठमाडौं उतार्ने तयारी

काठमाडौं, ३ फागुन । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले पीडित बचतकर्ताको रकम फिर्ता गराउन सशक्त आन्दोलन छेड्ने घोषणा गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेल गरेर आगामी आन्दोलनका कार्यक्रमबारे जानकारी गराइएको हो ।फागुन ६ गते सहकारी विभागमा धर्ना दिएर आन्दोलनको सुरुवात गर्ने, ८ गतेबाट काठमाडौं, भक्तपुर र ललितपुरको प्रत्येक गल्ली–गल्लीमा कोणसभा, घरदैलो कार्यक्रम गर्ने र चैत १ गते देशैभरका पीडितले राजधानीकेन्द्रित आन्दोलन गर्ने बताइएको छ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसीले सहकारी पीडितहरुको पक्षमा… पुरा पढौ

माआ‌ेवादी अध्यक्ष प्रचण्डबाट संश्लेषित विधान प्रस्तुत

काठमाडौँ, ३ फागुन : प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर संश्लेषित विधान प्रस्तुत गर्नुभएको छ । नेकपा(माओवादी केन्द्र)को प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव सङ्कलन गर्ने कार्य सम्पन्न भएपछि पदाधिकारी बैठक बसेको थियो । बैठक लगतै सुरु भएको अधिवेशनमा अध्यक्ष प्रचण्डले विधानलाई समृद्ध बनाउनका लागि महत्त्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्दै पार्टी नयाँ तवरले अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । विधान अधिवेशनलगतै विशेष महाधिवेशनमा तयारीको प्रक्रिया सुरु हुने जानकारी दिँदै अध्यक्ष प्रचण्डले विचारलाई… पुरा पढौ

कालीका भगवती मन्दिरमा चढाइएकाे जिन्सी सामाग्रीप्रदर्शन माघ महिनाको हिसाब सार्वजनिक

बागलुङ / नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिरमा श्रद्धालु भक्तजनहरूले श्रद्वा पुर्वक भगवती मातालाई समर्पण गरेको सुनचाँदी लगायतका जिन्सी सामाग्री प्रदर्शन गरेको छ । कालीका भगवती गुठी ब्यवस्थापन समिति बागलुङले कालीका मन्दिर परिसरमा पत्रकार भेटघाट कार्यक्रम गरि मन्दिरमा चढाइएकाे जिन्सी सामान सार्वजनिक गरि कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभएको थियो । कुमार खड्का अध्यक्ष बनेपछि मन्दिरमा बिभिन्न समयमा भक्तजनले समर्पण गरेका सुनचाँदीका सामग्री प्रहरी प्रशासनकाे राेहवरमा गालेपछि ,सुन ३ टाेला ,४५ लाल र चाँदी ३… पुरा पढौ

फिल्म ‘कार्साङ’को स्क्रिप्ट पूजा, सृजनाले डेब्यु गर्दै

काठमाडौँ । फिल्म ‘कार्साङ’मा आज सरस्वती पूजाको अवसर पारेर स्क्रिप्ट पूजा गरिएको छ ।  यार्सा फिल्मसको प्रस्तुतिमा यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको छायांकन मिति नजिकिएसँगै बौद्ध भिक्षुहरूबाट पूजा गराइएको हो । यम शेर्पाको निर्देशनमा बन्न लागेको फिल्म स्क्रिप्ट पूजा कार्यक्रममा फिल्मको कलाकारहरूका साथै निर्माण पक्ष र प्राविधिक टिम उपस्थिति रहेको थियो । फिल्मको मुख्य कलाकारका रूपमा दयाहाङ राई, बुद्धि तामाङ, शिल्पा मास्क, सुरक्षा पन्त रहेका छन् । यसै फिल्मबाट नव–नायिकाको रूपमा सृजना निङ्लेकुले डेब्यु… पुरा पढौ

केसीको “नेपाली क्रान्तिको आँखाीझ्याल” पुस्तक लोकार्पण

फागुन ३, काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य कृष्ण केसीद्वारा लिखित पुस्तक लोकार्पण भएको छ। बिहीबार दिउँसो प्रज्ञा भवन कमलादीमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले “नेपाली क्रान्तिको आँखीझ्याल” लोकार्पण गर्नुभएको हो। जागरण बुक हाउस प्रकाशक रहेको उक्त पुस्तकमा जनयुद्धको ऐतिहासिक पहल, जनयुद्धको थालनी, जनयुद्धका ऐतिहासिक निर्णय र घटनाक्रम, शान्ति प्रक्रिया र संविधान निर्माणसँग सम्बन्धित विषयहरू रहेका छन्। पुरा पढौ