
बागलुङ / श्री नं।२३ वाहिनी अड्डा बागलुङले आयोजना गरेको ‘वाहिनीपति ट्रफी प्रतियोगिता २०८१” उपाधि नारायणदल गण मुस्ताङले जितेको छ ।
सामूहिक बिधातर्फका भलिवल, फुटवल, बास्केटबल मा प्रथम र एकल बिधातर्फ तेक्वान्दो, बक्सिङ्ग, एथलेटिक्स, पौडी खेलमा उत्कृष्ट अंक ल्याई समग्रमा प्रथम हुदै नारायणदल गण मुस्ताङलले उपाधी हात पारेको हो ।
नारायणदल गणले अन्तिम प्रतियोगिता अन्तर्गत फुटबल प्रतियोगितामा भने उप विजेत बनेको छ । फाइनलमा श्रीमेहर गणका घोडावाधे सँग २(० गोल अन्तरमा पराजित भएको थियो ।
प्रतियोगितामा पर्वतबाट नयाँ रणभीम गुल्म, म्याग्दीबाट शत्रुभन्जन गुल्म, मुस्ताङबाट नारायण दल गण र बागलुङबाट श्री मेयर गण गरी चार वटा गण तथा गुल्महरूबिच प्रतिस्पर्धा भएको थियो । भलिबलतर्फ चार वटा गण तथा गुल्महरूका साथै २३ नम्बर बाहिनी गरी ५ समुहले भाग लिएका थिए ।
श्री नं।२३ वाहिनी अड्डालेले गता १७ गतेबाट आयोजना गरेको बिभिन्न बिधाहरु भलिवल, फुटवल, बास्केटबल, तेक्वान्दो, बक्सिङ्ग, एथलेटिक्स, पौडी खेल० मा खेलाडीहरुलाई सहभागी गराई उत्कृष्ट खेलाडी छनौट गरी श्री पश्चिम पृतना हेड क्याटरमा असार २ गतेबाट सञ्चालन हुने “पृतनापति ट्रफि(२०८१” मा सहभागी हुन पठाउने श्री नं. २३ वाहिनी अड्डाका सह–सेनानी सन्तोष पाण्डेले बताउनु भयो ।
प्रतियोगितामा सामूहिक तथा एकल बिधातर्फ गरी २४७ जना खेलाडीहरु सहभागी भएकोमा पृतनापति ट्रफि प्रतियोगिताको सामूहिक तथा एकल बिधातर्फ १८५ जना खेलाडीहरु छनौट हुन सफल भएका छन् ।
प्रतियोगितामा प्रथम तथा द्वितीय हुने खेलाडीहरु, खेल सञ्चालनको लागि बिभिन्न खेलका एम्पायर तथा अफिसियलहरु र समग्रमा वाहिनीपति टफ्रि(२०८१ मा सर्वोत्कृष्ट हुने युनिटलाई बागलुङ नगरपालिकाका प्रमुख बसन्त श्रेष्ठ र बाहिनीपति सहायक रथी जगतबहादुर पौडेलले लगाएतले वाहिनीपति ट्रफ्रि, मेडल, प्रमाणपत्र तथा प्रशंसापत्र वितरण गर्नु भएको थियो ।
सहायक रथी पौडेलले प्रतियोगिताको उद्देश्य वाहिनी तथा अन्तरगतका युनिटहरूमा रहेका खेलाडीहरूको पहिचान गरी उत्कृष्ट वाहिनी टिम तयार गर्नु रहेको बताउदै खेल आफैमा प्रतिस्पर्धात्मक विधा भए पनि स्वच्छ र मनोरञ्जनको रूपमा सञ्चालन हुनका लागि खेलाडीहरू अनुशासित र मर्यादित हुनुपर्ने बताउनु भयो।












